बाँके । मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) को आयोजन नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ को आर्थिक सहयोगमा शुक्रबार देखि सुरु हुने ५ दिने पत्रकारिता तालिमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
समग्र वडालाई केन्द्रित गरि वडा नम्बर ६ स्थित हडिया बाबा मन्दिरको सभा हलमा संचालन गरिने तालिमको वडा अध्यक्ष समिर प्रतापसिंहद्धारा उद्घाटन गरिने कार्यक्रम तय भएको हुरीपपका अध्यक्ष आलम खानले जानकारी दिनु भयो ।
तालिमअवधि भर विभिन्न संचार माध्यममा क्रियाशील अनुभवी पत्रकार एवं संचारकर्मीले सहजिकरण गर्ने आयोजकले जनाएको छ । तालीममा करिब १५ जना भन्दा बढीको सहभागी रहने छ । तालिम फाल्गुन २० गतेदेखि २४ गतेसम्म संचालन हुने हुरीपपले जनाएको छ ।