मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

महमूद आलम खान 1133+ समाचार ( )
द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल
१६ कार्तिक २०७८, मङ्गलबार

काठमाडौं । बेलाय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । बेलायतको ग्लास्गोस्थित जलवायु सम्मेलनस्थल स्कटीस एक्जिबिसन सेन्टरमा प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको हो ।

दुई प्रधानमन्त्रहरुबीच द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले बताए ।

मोदीसँग भेटअघि देउवा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बोलाएको ब्रेकफास्ट बैठकमा सहभागी भएका थिए । त्यसक्रममा देउवाले नेपालले वन क्षेत्र बढाएर ४५ प्रतिशत पु¥याउने योजना रहेको सुनाएको वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले जनाए ।

प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति गोटाभाया राजापाक्षसंग पनि भेट गरेका छन् । देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनका जलवायु विज्ञ जोन केरीलगायतसँग पनि भेट्ने तालिका छ । यसैगरी संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्ने भएका छन् । प्रधानमन्त्री देउवा पाँचौँ पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार