मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१६ वैशाख २०८३, बुधवार

बाँके । बाँकेको सुनर इभेन्ट प्रा.लिको आयोजनामा नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । बैशाख २५ गतेदेखि सुरु हुने प्रतियोगिताबारे आयोजकले नेपालगञ्जमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
राति साढे ७ बजेदेखि मध्यराति १२ बजेसम्म सञ्चालन हुने प्रतियोगितामा कम्तीमा ४० टिम सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले बैशाख १६ देखि २३ गतेसम्म नाम दर्ता गराउन सक्नेछन् भने प्रत्येक टिमले ११ हजार रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने आयोजकले जनाएको छ ।
सुनर इभेन्ट प्रा.लिका अध्यक्ष नरपतिनाथ योगीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख रुपैयाँ र द्वितीय हुने टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै ‘म्यान अफ द सिरिज’ लाई एनएस बजारको तर्फबाट बाइक पुरस्कार प्रदान गरिनेछ भने ‘म्यान अफ द म्याच’ लाई कृष्टल विद्यालयले ११ हजार रुपैयाँ नगद प्रदान गर्ने घोषणा गरेको छ ।
नेपालगञ्ज बसपार्क नजिक विद्युत प्राधिकरणको छेउमा रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा नेपालभरका टिमहरू सहभागी हुन पाउनेछन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष योगीले नेत्रहीन संघमा अध्ययनरत विद्यार्थीहरूको सहयोगार्थ प्रतियोगिता आयोजना गरिएको बताउँदै खेलबाट बचत हुने रकम उनीहरूको शैक्षिक सुधारमा खर्च गरिने जानकारी दिए ।
नेत्रहीन संघका सल्लाहकार खेम रानाले श्रवण–दृष्टिविहीन बालबालिकाको शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै यस्तो सामाजिक उद्देश्य बोकेको खेलप्रति प्रशंसा व्यक्त गर्नु भयो । उहाँले संविधान, शिक्षा नीति तथा अपाङ्गता सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरूले समेत समावेशी शिक्षालाई प्राथमिकता दिएको उल्लेख गर्दै राज्यले यसतर्फ अझ गम्भीर हुनुपर्ने बताउनु भयो।
राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ प्रशिक्षक दिपेन्द्र प्रताप सिंहले टेनिस क्रिकेटभन्दा लेदर बल क्रिकेट उपलब्धिमूलक हुने बताए पनि नेपालगञ्जमा हुन लागेको यस रात्रिकालीन प्रतियोगिताले सामाजिक सन्देश दिने भएकाले सफल हुने विश्वास व्यक्त गर्नु भयो ।
पत्रकार सम्मेलनमा सुनर इभेन्टका सञ्चालक प्रेम सिंह, कृष्टल विद्यालयका संस्थापक संजय जप्रेल, मुस्ताक अन्सारीलगायतले पनि आ–आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार