मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि न्यायाधीशहरूले तीन सदस्यीय टोली बनाए

महमूद आलम खान 1132+ समाचार ( )
न्यायाधीशहरुले चोलेन्द्रशमशेर जबराको सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्ष
१४ कार्तिक २०७८, आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनका लागि सर्वोच्च अदालतमा आन्दोलनरत न्यायाधीशहरूले तीन सदस्यीय टोली बनाएका छन् । प्रधानन्यायाधीशसँगको भेटमा गएका न्यायाधीशहरूले प्रधानन्यायाधीशको धारणासमेत बुझ्ने र त्यसबारे आन्तरिक छलफल गरी सोमबार थप रणनीति बनाइने जनाइएको छ ।

कसैले आन्दोलन गर्दैमा पदबाट नबाहिरिने अड्डी कसेका प्रधानन्यायाधीश जबरासँग वार्ताका लागि न्यायाधीशहरूले तीन सदस्यीय वार्ता टोली गठन गरेका हुन् ।

टोलीमा आइतवार मात्रै आन्दोलनमा समर्थन जनाउन आइपुगेका न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र अर्का न्यायाधीश मनोजकुमार शर्मा रहेका छन् ।

यसैबीच न्यायाधीशहरुले चोलेन्द्रशमशेर जबराको सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा पुगेका छन् । न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर बहिर्गमन हुनु नै उपयुक्त निकास भएको ठहर गरेको छ । यसका लागि प्रधानन्यायाधीशले केही समय मागेको खण्डमा समय दिने निर्णयसमेत भएको बताइएको छ ।

आइतबार पनि इजलासमा नबसेका न्यायाधीशरुको छलफलले यस्तो निष्कर्ष निकालेका हुन न्यायाधीशहरुले सोमबार पनि मुद्दा नहेर्ने बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार