मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

"प्रेस स्वतन्त्रता र लोकतन्त्रमा सम्झौता हुँदैन" नेपाल संवाद क्लब, मंसिर १६ मा धमलाले उद्घाटन गर्ने

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
हामीले यो क्लब कुनै व्यक्ति वा समूह विरोधका लागि होइन, मुलुकलाई सही मार्गदर्शन गर्ने उद्देश्यले स्थापना गरेका हौँ। लोकतन्त्रलाई मजबुत बनाउने हाम्रो साझा लक्ष्य हो ।”
६ मंगशिर २०८२, शुक्रबार

बाँके । नेपाल संवाद क्लबले मंसिर १६ गते एक विशेष समारोहका बीच आफ्नो औपचारिक उद्घाटन गर्ने भएको छ। उक्त कार्यक्रमको वरिष्ठ पत्रकार ऋषि धमलाद्वारा उद्घाटन गरिने क्लबका अध्यक्ष आशिष मल्ल ठकुरीले जानकारी दिएका छन् । क्लबले देशभरका श्रमजीवी पत्रकार, रिपोर्टर तथा समाचारकर्मीहरूलाई एउटै संरचनामा संगठित गर्ने उद्देश्य राखेको अध्यक्ष मल्लले बताए ।

उनका अनुसार नेपाल संवाद क्लब पत्रकारहरूको साझा मञ्चका रूपमा स्थापना गरिएको संस्था हो, जसले लोकतन्त्रको संरक्षण, विधिको शासन, कानूनी राज्य र प्रेस स्वतन्त्रतालाई आफ्नो प्रमुख दिशानिर्देशका रूपमा अंगालेको छ। मल्लले भने, “हामीले यो क्लब कुनै व्यक्ति वा समूह विरोधका लागि होइन, मुलुकलाई सही मार्गदर्शन गर्ने उद्देश्यले स्थापना गरेका हौँ। लोकतन्त्रलाई मजबुत बनाउने हाम्रो साझा लक्ष्य हो ।”

क्लबले आफ्नो मूल आधारका रूपमा चार महत्वपूर्ण सिद्धान्त तय गरेको छ । लोकतन्त्र, विधिको शासन, कानूनी राज्य र प्रेस स्वतन्त्रता । यी सिद्धान्तहरूमा क्लब कहिल्यै सम्झौता नगर्ने अध्यक्ष मल्लले बताए ।

उनले भने, “प्रेस स्वतन्त्रता हाम्रो पहिचान हो। हामी जनताको पक्षमा, स्वतन्त्रताको पक्षमा र लोकतान्त्रिक मूल्यको पक्षमा सदैव उभिन्छौँ। यो प्रश्नमा क्लब कहिल्यै झुक्दैन।”

मल्लका अनुसार क्लब देश–विदेशका पत्रकारहरूको सञ्जालका रूपमा विस्तार हुँदै जाने छ । रिपोर्टर र श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत क्षमता अभिवृद्धि, तालिम, सुरक्षा र सम्मान सुनिश्चित गर्नु क्लबको प्राथमिक कार्यसूची रहने उनले बताए ।

उनले थपे, “पत्रकार लोकतन्त्रका पहरेदार हुन्। उनीहरू बलियो भए लोकतन्त्र बलियो बन्छ। क्लबले पत्रकारहरूको पेशागत मर्यादा तथा स्वतन्त्रता र सुरक्षालाई निरन्तर प्राथमिकतामा राख्नेछ।”

क्लबले केवल प्रेस स्वतन्त्रता मात्र नभई देशको समग्र विकास र समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यसहित काम गर्ने बताइएको छ। मल्लले देशको प्रगतिमा पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा क्लबले अझ प्रभावकारी र सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

उद्घाटनका लागि तयारी तीव्र रूपमा अघि बढिरहेको क्लबले जनाएको छ । कार्यक्रममा पत्रकार, बुद्धिजीवी, कानुन व्यवसायी, अधिकारकर्मी तथा लोकतान्त्रिक मूल्यमा आस्था राख्ने व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

नेपाल संवाद क्लबले लोकतान्त्रिक मूल्यको संरक्षण, स्वतन्त्र पत्रकारिता प्रवर्द्धन र कानूनी राज्यलाई मजबुत बनाउने दिशामा लामो समयसम्म प्रभावकारी भूमिका खेल्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार