मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

राप्ती नदीको कटानले नरैनापुर, राप्ती सोनारी र डुडुवाका दर्जनौ गाउँ डुबान हुने

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
८ असार २०८१, शनिबार

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको खल्ला झगडियामा राप्ती नदीमा निर्माण गरिएको तटबन्ध बाढीले बगाएको एक वर्ष पुग्दा पनि पुनःनिर्माण हुन सकेको छैन। 

असारको मध्यसम्म तटबन्ध निर्माण नहुँदा सो क्षेत्रमा राप्ती नदीको बाढी गाउँमा पस्ने त्रास बढेपछि बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहित जनप्रतिनिधि र अन्य सुरक्षा प्रमुखको टोलीले भत्किएको तटबन्धको स्थलगत निरीक्षण गरेको हो।

निरीक्षणका लागि खल्ला झगडिया पुग्नुभएका बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी रिजालले एक वर्ष अघि भत्किएको तटबन्ध अझै निर्माण र मर्मत सम्भार हुन नसक्नु दुःखद भएको बताउनुभयो। उहाँले निर्माणको पहल हुने बताउनुभएको छ।  

छिट्टै तटबन्ध निर्माण नगरेर बाढीले सो क्षेत्रमा ठुलो जनधनको क्षति गर्न सक्ने हुँदा सो निर्माणमा सहयोग गर्न सम्बन्धित सबैसँग अनुरोध गर्नुभयो। 

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले एक वर्ष अघिको बाढीले भत्काएको यो तटबन्ध पुनःनिर्माणका लागि धेरै पटक प्रयास गरिए पनि सफलता हात नलागेको बताउनुभयो। 

जनताको तटबन्ध कार्यक्रम लमहीका सिनियर डिभिजनल इन्जिनियर राजन श्रेष्ठले भत्किएको तटबन्ध पुन निर्माणका लागि केन्द्रमा पटक पटक बजेट माग गरिए पनि बजेट नपाउँदा काम गर्न नसकेको बताउनुभयो। 

सो अवसरमा शसस्त्र प्रहरीका प्रहरी उपरीक्षक विमल डाँगी, नेपाली सेनाका कर्णेल रविन श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक ओम खड्का, जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रमुख डिएसपी नारायण डाँगी, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु र स्थानीय वासिन्दाको उपस्थिति थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार