मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

राजपत्रमा नरैनापुरमा छोटी भन्सार स्थापना सूचना प्रकाशित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२५ वैशाख २०८३, शुक्रबार

बाँके । बाँकेको सीमावर्ती नरैनापुर क्षेत्रमा आर्थिक गतिविधिको नयाँ आशा पलाएको छ । नेपाल सरकारले नरैनापुरमा छोटी भन्सार कार्यालय स्थापना गर्ने सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेसँगै स्थानीयवासी उत्साहित बनेका छन् ।

लामो समयदेखि सीमावर्ती क्षेत्रका बासिन्दाले उठाउँदै आएको मागलाई सम्बोधन गर्दै सरकारले नरैनापुर छोटी भन्सारलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको हो । सरकारले देशभर सञ्चालनमा ल्याइने १८ वटा छोटी भन्सारको सूचीमा नेपालगञ्ज भन्सार कार्यालय अन्तर्गत पर्ने नरैनापुर छोटी भन्सारलाई समेत समावेश गरेको छ ।

भन्सार कार्यालय सञ्चालनमा आएपछि सीमापार व्यापार सहज हुने, स्थानीय बजार चलायमान बन्ने, राजस्व संकलन बढ्ने तथा रोजगारीका अवसर विस्तार हुने अपेक्षा गरिएको छ । सीमावर्ती क्षेत्र भएकाले दैनिक उपभोग्य सामग्रीदेखि कृषि उत्पादनसम्मको कारोबारमा प्रत्यक्ष लाभ पुग्ने स्थानीयको विश्वास छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले लामो समयदेखि बन्दप्रायः अवस्थामा रहेको भन्सार पुनः सञ्चालनमा आउनु नरैनापुरका लागि ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँले भन्सार सुचारु भएपछि स्थानीय व्यापार व्यवसायले गति लिने र आर्थिक गतिविधिमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले नरैनापुर नाकाको स्तरोन्नति र आवश्यक पूर्वाधार विकासले यस क्षेत्रको समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँका अनुसार भन्सार सञ्चालनसँगै सडक, गोदाम, सुरक्षा तथा अन्य पूर्वाधार विस्तारका कामलाई समेत प्राथमिकता दिइनेछ ।

स्थानीयवासीले छोटी भन्सार पुनः सञ्चालनको निर्णयलाई “नरैनापुरको आर्थिक भविष्यसँग जोडिएको ऐतिहासिक कदम” का रूपमा हेरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार