मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

नेपालगञ्ज १९ मा निर्वाचनको ब्याटल माओवादीले जित्ने छ - नेतृ मिना

महमूद आलम खान 1132+ समाचार ( )
नेपालगञ्ज १९ मा बृहत र्याली प्रदर्शन तथा कोणसभामा देखिएको जनलहरले माओवादी २०६४ सालको नतिजामा फर्कने सम्भावना प्रवल भएको बताउनुभयो ।
२६ वैशाख २०७९, सोमबार

बाँके । नेकपा (माओवादी केन्द्र) बाँकेकि सदस्य एवं नेपालगन्ज १९ कि इन्चार्ज मिना मल्ल पुनले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताउनु भएको छ । स्थानीय निर्वाचनको घरदैलो कार्यक्रमको अन्तिम कोण सभालाई सम्बोधन गर्दै नेतृ पुनले माओवादीले लडेर ल्याएको उपलब्धि रक्षाको जिम्मा माओवादीको काँधमा नै आएको जिकिर गर्नु भयो । 

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र माओवादीले लडेर ल्याएको हो, यसको रक्षा गर्ने दायित्व माओवादीको नै हो”, नेतृ पुनले भन्नुभयो, “अरुका लागि चुनाव हो, तर हाम्रो लागि निर्वाचन लडाईं हो ।” निर्वाचनको समय नजिक आइसकेको भन्दै उहाँले निर्वाचनमा माओवादीलाई मतदान गरि बिजय गराउन अपिल गर्नु भयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र आफूहरूले लडेर ल्याएको भन्दै नेतृ पुनले त्यसको वास्तविक माया माओवादीलाई मात्र भएको बताउनुभयो । “अन्य दललाई परिवर्तनको माया छैन, हामी यही व्यवस्थाबाट जनताको समृद्धि होस् भन्नेमा छौँ”, उहाँले भन्नुभयो । 

नेपालगञ्ज १९ मा बृहत र्याली प्रदर्शन तथा कोणसभामा देखिएको जनलहरले माओवादी २०६४ सालको नतिजामा फर्कने सम्भावना प्रवल भएको बताउनुभयो । उहाँले गत निर्वाचनमा विजयी भएका व्यक्तिले जनताको पक्षमा काम गर्न नसकेकोले मतदाताहरु रुष्ट बनेकोले पनि माओवादीलाई जित्न सहज भएको जिकिर गर्नु भयो । उहाँले भन्नुभयो, “वडा भित्र रहेका माओवादी कार्यकर्तालाई फेरि एकचोटी एकीकृत हुन आह्वान गर्दै ,निर्वाचनको ब्याटल जित्नका लागि मतदाताहरुलाई एक जुट हुन अपिल गर्नु भयो ।''

नेतृ पुनले भन्नुभयो“अघिल्लो निर्वाचन जितेको नेपाली कांग्रेसले कस्तो राजनीति गरिरहेको छ भन्ने तपाईंहरूले पनि अनुभव गर्नुभएको होला, मैले पनि पाँच बर्षमा अनुभव गरेँ”, जनताले निकै दुख पाएका छन । वडावासीको मतबाट जितेको व्यक्तिले मतदाताहरुलाई धम्की दिदै आफु काठमाडौंको शिर्ष नेताको बलमा चुनाव जितेको भन्दै वडाबासीको काम नगरेको लगयात थुप्रै पिडा दिएकोले समयम“ नै विचार पुर्याउन आग्रह गर्नु भयो । उहाँले भन्नुभयो अब हामी एक हुनुपर्छ, हामीले ब्याटल जित्नुपर्छ, माओवादीले निर्वाचन जित्नु राष्ट्र, परिवर्तन, गणतन्त्र, सङ्घीयताले जित्नु हो ।”

नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ मा माओवादी केन्द्रको तर्फबाट शम्भु नाथ योगीले अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । शम्भु नाथ योगीको टिमलाई बिजय गराउन माओवादी नेता तेज रेग्मीले अपिल गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार