मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

१३ दिनपछि रिहा भए ओली, तत्काल ओलीले अस्पताल नछाड्ने

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२६ चैत्र २०८२, बिहीबार

काठमाडौँ । प्रहरी हिरासतमुक्त भएका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल अस्पताल नछाड्ने भएका छन्।

चैत १४ गते जनेजी आन्दोलनको छानबिन गर्न बनेको न्यायीक आयोगको कारबाही गर्न गरेको सिफारिसअनुसार पक्राउ परेका ओली त्यसलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

१३ दिनसम्म अस्पतालमा रहेका ओलीलाई सर्वोच्च अदालतले सोमबार रिहा गर्न दिएको आदेशअनुसार उनलाई आज बिहान पौने ११ बजे प्रहरीले आफन्तको जिम्मा लगाएको थियो।

तर उनी तत्काल घर नजाने भएका छन्। ओलीका स्वकीय सचिव राजेश बज्राचार्यकाअनुसार सोमबार ओलीको पत्थरीको अप्रेसन रहेको छ। अप्रेसनपछि मात्र उनी घर जाने बज्राचार्यले जानकारी दिए।

ओलीले आजै घर जाने इच्छा देखाएका थिए। तर स्वास्थ्यमा नियमिति अन्य चेक गर्नुपर्ने र फेरि सोमबार अप्रेसनका लागि आइतबार अस्पताल भर्ना हुनुपर्ने भएकाले ओलीलाई अस्पतालमा राख्न परिवार सहमत भएको हो।

अस्पताल स्रोतले ओलीलाई छाड्ने वा नछाड्ने विषयमा निर्णय गरिसकेको छैन। प्रहरीले हिरासतमुक्त गरेपछि ओलीको उपचारमा संलग्न रहेका चिकित्सकको टोलीले उनलाई अब के गर्नेभन्नेबारे निर्णय लिन छलफल गर्दैछ।

ओलीसँगै सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पनि हिरासतमुक्त भएका छन्।

उनीहरूलाई चैत २३ गते सर्वोच्च अदालतले रिहासतमुक्त गर्न आदेश दिएको थियो। न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले पछिल्लो समय थपेको म्याद सकिएसँगै हिरासतमुक्त गर्न दिएको आदेशअनुसार उनीहरू आज छुटेका हुन्।

‘तेस्रो पटक ५ (पाँच) दिनको म्याद थप अनुमति प्रदान गर्ने गरी काठमाडौँ जिल्ला अदालतबाट मिति २०८२।१२।२२ मा भएको आदेशअनुसारको समयावधिमा अनुसन्धान कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रो पटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार