मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

दीवा खाजा कार्यक्रम नरैनापुरमा प्रभावकारी बन्दै

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
ड्रप आउट हुने क्रम रोकियो
२९ श्रावण २०७९, आइतबार

बाँके । बाँकेका अधिकाशं स्थानीय तहमा दीवा खाजा कार्यक्रमबाट खासै सन्तोषजनक उपलब्धी देखिए पनि नरैनापुरमा भने यो कार्यक्रम एकदमै प्रभावकारी बनेको छ ।

दिवा खाजाले नरैनापुरका बालबालिकालाई विद्यालय आउन प्रेरित गरेको छ । दिवा खाजाको ब्यवस्था गरिएपछि विद्यालय आउन नचाहने बालबालिका पनि विद्यालय आउन थालेको शिक्षा शाखा प्रमुख कृष्णकुमार चौधरीले बताए ।

दिवा खाजाले विद्यार्थीलाई नियमित विद्यालय आउने बनाएको छ उनले भने ‘भर्ना भएर विद्यालय छोड्ने विद्यार्थी पनि नियमित विद्यालय आउन थालेका छन्, ।’

पछिल्लो समय नरैनापुरका विद्यालयका कक्षा कोठा विद्यार्थीले भरिभराउ हुने गरेको देखिएको छ । विद्यार्थीलाई नियमित विद्यालय आउने बनाउन गाउँपालिकाले बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

पौष्टिक तत्व भएको खाजा खुवाउने गरेको नेरामावि जमुनीका शिक्षकहरु बताउँछन । दिवा खाजामा हलुवा, डलिया, खिचडी लगायतका परिकार विद्यार्थीलाई खुवाउने गरिएको छ । संघीय सरकारको सशर्त अनुदानमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई आकर्षित गरेको नरैनापुर शिक्ष शाखा प्राविधिक सहायक कमल केसीले भने, ‘दीवा खाजा सँगै विधालयको गुणस्तरीय शिक्षा प्रदानको दरमा समेत बृद्धि भएकोले ड्रप आउट हुने क्रम पनि रोकिएको छ ।’

दिवा खाजा संचालनमा आएपछि विद्यालय बाहिर रहेका विद्यालय जाने उमेर समुहका करिव २०–२५ प्रतिशत विद्यार्थी भर्ना भई नियमित विद्यालय आउन थालेको जमुनीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक अमरलाल यादव बताउँछन । भर्ना हुने, तर विद्यालय नआउने चलन थियो । अहिले दिवाखाजाले कक्षा कोठा भरिभराउ छन् उनले भने प्रायःजसो विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् ।’

नरैनापुर–४ मा रहेको मदरसा अरविया गुल्शने वारिस उन्मतुलुममा पनि अचेल विद्यार्थीको बढ्दै गएको छ । यस मदरसामा ३ सय ७ बालबालिका अध्ययनरत छन् । अत्यन्तै न्युन विद्यार्थी रहेको मदरसामा दिवाखाजा कार्यक्रमले चमत्कार नै गरेको मदरसाका प्रधानाध्यापक अब्दुल रहमान खाँ बताउँछन ।

नरैनापुर गाउपालिकामा रहेका सामुदायिक विद्यालय तथा मदरसा गरी ४७ वटा र विद्यालय बाहिर सञ्चालनमा छन । ३ वटा बालविकास केन्द्रमा गरी ५० विद्यालय, मदरसामा दिवा खाजा सञ्चालनमा रहेको पालिकाका प्रमुख प्रशाशकीय अधिकृत भरत बस्नेत बताउँछन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार