मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

पाँच दलीय सत्ता गठबन्धनको भागवण्डा मिल्यो

महमूद आलम खान 1133+ समाचार ( )
कांग्रेसलाई धरान, इटहरी, कलैया, तुलसीपुर, बुटवल, नेपालगञ्ज र धनगढी उपमहानगर दिने सहमति भएको छ ।
७ वैशाख २०७९, बुधवार

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले वैशाख ३० गते हुने स्थानीय चुनावमा उपमहानगरको भागबण्डा टुंग्याएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले उपमहानगरको भागबण्डा टुंगो लगाएको सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार ११ उपमहानगरमाध्ये कांग्रेसलाई सात र माओवादीलाई दुई र एकीकृत समाजवादी र जनता समाजवादीलाई एक–एकमा मेयर दिने सहमति भएको छ ।

कांग्रेसलाई धरान, इटहरी, कलैया, तुलसीपुर, बुटवल, नेपालगञ्ज र धनगढी उपमहानगर दिने सहमति भएको छ । माओवादी केन्द्रलाई जितपुर सिमरा र घोराही उपमहानगरपालिका प्रमुख दिने समहमति भएको नेता कार्कीले जानकारी दिए ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका प्रमुख एकीकृत समाजवादीलाई र जनकपुर उपमहानगरपालिका प्रमुख जनता समाजवादी पार्टीलाई सहमति भएको नेता कार्कीले जानकारी दिए ।

गठबन्धनले महानगरको मंगलबार नै टुंगो लगाएको थियो । काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले पाएको छ भने माओवादीले भरतपुर, नेकपा (एकीकृत समाजवादी) ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार