मुख्य समाचार
अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन | कन्या विद्यालयलाई माध्यमिक तहसम्म विस्तारः जानकीमा गुणस्तरीय शिक्षाको नयाँ अभियान सुरु | प्रमुख प्रशासकीय अधिकृतहरूको ‘यौनकाण्ड’ उजुरीले सामान्य प्रशासन मन्त्रालयमा हलचल | संविधान कुल्चँदै सांसदलाई तत्कालीन राजपरिवारलाई जस्तै उन्मुक्ति दिने प्रस्ताव | शेखर गोल्छा पक्राउ | पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध |

अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग

यूथ टुडे समाचारदाता 3327+ समाचार ( )
११ वैशाख २०८३, शुक्रबार

नेपालगञ्ज । नेपालगञ्ज उच्च अदालत बार एसोसिएसनले आफ्नै कार्यालयमा बसिरहेकी एक अधिवक्तामाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ र दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ।

बारका अनुसार एसोसिएसनकी सदस्य अधिवक्ता दुर्गा कुमारी खड्कामाथि शुक्रबार उनको ल फर्ममै बसिरहेको अवस्थामा केही व्यक्तिहरू जबरजस्ती प्रवेश गरी हातपात तथा दुर्व्यवहार गरेका हुन्। घटनाका क्रममा कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, मुद्दाका फाइल तथा अन्य सामग्री समेत छरपस्ट पारिएको र भौतिक क्षति पुर्‍याइएको जनाइएको छ।

जारी प्रेस विज्ञप्तिमा पीडित अधिवक्तामाथि अपशब्द प्रयोग, दुर्व्यवहार र हातपातजस्ता अमर्यादित गतिविधि भएको उल्लेख गर्दै यसलाई सम्पूर्ण कानुन व्यवसायीको पेशागत मर्यादा र सुरक्षामाथि गम्भीर आक्रमणका रूपमा व्याख्या गरिएको छ।

उच्च अदालत बारका अध्यक्ष पवन कुमार गुप्ता र जिल्ला बारका अध्यक्ष मेहर सिंह खत्रीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै घटनाको कडा भर्त्सना गरेका छन्। उनीहरूले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कानुन बमोजिम कडा कारबाही गर्न माग गरेका छन्।

बार एसोसिएसनले नेपाल सरकार, गृह मन्त्रालय तथा प्रहरी प्रशासनसँग कानुन व्यवसायीहरूको जिउधनको सुरक्षा सुनिश्चित गर्न, यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न र दोषीमाथि अविलम्ब कानुनी कारबाही अघि बढाउन आग्रह गरेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार