मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

रबि लामिछानेलाई १ करोड धरौटीमा छाड्न जिल्ला अदालत रुपन्देहीकाे आदेश

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१३ माघ २०८१, आइतबार

रुपन्देही । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रबि लामिछाने माथिको थुनछेक आदेशमा १ करोड धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ । 

बिहीबार देखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरु भएको थुनछेक बहस आज आइतबार सकिएर न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले १ करोड धरौटीमा छाड्न आदेश दिनुभएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञ मूर्ति ज्ञवालीले बताउनुभयो । 

रुपन्देही जिल्ला न्यायधिबक्ता प्रेम पौडेल, सहन्यायधिबक्ता गोकर्ण घिमिरे लगायतका सरकारी वकिलले बहस गर्नुभयो भने सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गर्नुभएको छ । सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गर्नुभएको थियो ।

लामिछानेको तर्फबाट केही वकिलको बहस भने बाँकी रहेकाले आइतबार पनि उहाँ अदालतमा उपस्थित भए पछि बहस सुरु गरिएको थियो, लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेललगायतले आज बहस गर्नुभएको थियो ।

सरकारी वकिलले जवाफी बहस गरे पछि आदेश आएको श्रेस्तेदार ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार