मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मानवअधिकारका पक्षमा एमाले गम्भीर छ - ओली

महमूद आलम खान 1133+ समाचार ( )
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को पाँचौँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले मानव अधिकार, सामाजिक न्याय आदि क्षेत्रमा पार्टी सबैभन्दा अघि भएको बताएका हुन् ।
२३ फाल्गुन २०७८, सोमबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारका पक्षमा एमाले अन्यभन्दा एक कदम अघि रहेको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को पाँचौँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले मानव अधिकार, सामाजिक न्याय आदि क्षेत्रमा पार्टी सबैभन्दा अघि भएको बताएका हुन् ।

एमालेले आधुनिक एवं वैज्ञानिक तरिकाले हकअधिकार प्रत्याभूत गर्नेमा विश्वास गर्ने उल्लेख गर्दै उनले पार्टीले कहीँ कसैको गरिबी, अभाव, असुरक्षा नहोस् भन्ने मान्ने र त्यसैका लागि सङ्घर्ष गरिराखेकामा जोड दिए ।

एमाले सधैँ आर्थिक समुन्नति, वैज्ञानिक एवं न्यायोचित समानता, हक तथा अधिकारको प्रत्याभूतिका लागि क्रियाशील रहेको बताउँदै उनले देशभित्र र बाहिरका प्रतिक्रियावादीसँग मिलेर परमादेशको सरकार बनाइएको बताए । मुद्दा जितेर सरकार बनाउनु भनेको सिमानाको विषयमा हुने झगडाजस्तो भएको उनको भनाइ छ ।

आफ्नो नेतृत्वको सरकारका पालामा आग्रही भएर टीकाटिप्पणी गरी दोष दिने बुद्धिजीविहरू अहिलेको सरकारमा काम देखेर पनि चुपचाप बसेको बताउँदै उनले अहिले देशको अर्थतन्त्र बिग्रँदा, परराष्ट्र सम्बन्ध बिग्रँदा चुपचाप रहेको आरोप लगाए ।

एलायन्सका अध्यक्ष मीनबहादुर शाहीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा एमालेका उपमहासचिव विष्णु रिमाल, पूर्वमन्त्री पार्वत गुरुङ, विदेश विभाग प्रमुख डा राजन भट्टराई लगायतले मानवअधिकारका क्षेत्रमा एमालेले खेल्दै आएको भूमिकालगायत विषयमा आफ्ना धारणा राखे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार