मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

डुडुवामा आन्दोलन र विवाद : आरोप–प्रत्यारोप चुलिँदै, निष्पक्ष छानबिनको माग

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
४ अशोज २०८२, शनिबार

बाँके — डुडुवा गाउँपालिकामा हालै उत्पन्न विवाद र आन्दोलनलाई लिएर विभिन्न पक्षका प्रेस विज्ञप्ति सार्वजनिक भएपछि स्थानीय राजनीति झन् तातेको छ । एकातिर प्रदेश सभा सदस्य भण्डारी लाल आहिरले गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी माथि अनियमितता र भ्रष्टाचार ढाकछोप गर्न आन्दोलन भडकाएको आरोप लगाएका छन् भने अर्कोतर्फ समाजवादी युवा संघ र अन्य स्थानीय नेताहरुले सो आरोपलाई अस्वीकृत गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रदेश सांसद आहिरले असोज ३ गते गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा आफू नेतृत्वमा कार्यालय तोडफोड गरिएको भन्ने दाबीलाई असत्य र भ्रामक भनेका छन् । विज्ञप्तिमा उनले गाउँपालिका अध्यक्षकै निर्देशनमा आफ्ना नजिकका व्यक्तिहरू प्रयोग गरी आन्दोलन भड्काइएको र यसरी गरिएको कार्यले जनतामाझ भ्रम फैलाउने प्रयास भएको उल्लेख गरेका छन् । आहिरले डुडुवामा भएको भ्रष्टाचार र अनियमितता नै आन्दोलनको कारण भएको दाबी गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

यसैगरी समाजवादी युवा संघ डुडुवा गाउँपालिकाले आहिर लगायत माथि लगाएको आरोपलाई राजनीतिक प्रतिशोध भन्दै खारेज गरेको छ । संघका अध्यक्ष रियाजुद्दिन खानले गाउँपालिकामा भएको घटनामा आफुहरुको संलग्नता नरहेको स्पष्ट पार्दै, यस्तो आरोप लगाउनु मात्रै बदनाम गर्ने प्रयास भएको बताए । संघले गाउँपालिकामा लगातार बढ्दै गएको भ्रष्टाचार, अनियमितता र दुरुपयोग नै समस्या भएको उल्लेख गर्दै छानबिनमार्फत दोषीलाई कारबाही गर्न माग गरेको छ ।

त्यस्तै, पूर्व प्रदेश मन्त्री विजय बहादुर यादवले पनि विज्ञप्ति जारी गर्दै घटनाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न जोड दिएका छन् । उनले लेखा शाखाबाट हराएको कागजात, आन्दोलनका क्रममा भएको आगजनी प्रयास र तोडफोडलाई गम्भीर विषयका रूपमा लिँदै सेनादेखि प्रहरीसम्म सबैलाई पारदर्शी अनुसन्धानमा संलग्न गराउन माग गरेका छन् । यादवले भविष्यमा यस्ता घटना नदोहोरिन सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।

डुडुवा गाउँपालिकाको विवाद अहिले आरोप–प्रत्यारोपको खेलमा सीमित देखिए पनि यसको मूल जड भनेको स्थानीय तहमा भएको भ्रष्टाचार, अनियमितता र पारदर्शिताको अभाव नै रहेको स्थानीय सरोकारवालाहरु बताउँछन् । सांसद आहिरको बिज्ञप्ति, समाजवादी युवा संघको खण्डन र पूर्व मन्त्री यादवको निष्पक्ष छानबिनको मागबीच अब ध्यान घटनाको सत्यतर्फ मोडिनु जरुरी देखिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार