मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

नेपालगन्जमा वरिष्ठ फिजिसियन डा. सैयद वकार अहमदद्वारा नियमित उपचार सेवा सुरु

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२ कार्तिक २०८२, शनिबार

बाँके । जनसेवा फार्मेसी चिरायु डायग्नोस्टिकको आयोजनामा नेपालगन्जमा वरिष्ठ फिजिसियन डा. सैयद वकार अहमदद्वारा नियमित स्वास्थ्य सेवा सुरु गरिएको छ।

एक विशेष समारोहका बीच सुरु गरिएको उक्त सेवाको अध्यक्षता फार्मेसीका अध्यक्ष कृष्ण देवकोटाले गर्नुभयो भने प्रमुख आतिथ्य डा. सैयद वकार अहमद स्वयं रहनुभएको थियो। प्रतिष्ठित चिकित्सक डा. अहमद अबदेखि हरेक महिनाको पहिलो र तेस्रो शनिबार नेपालगन्जमा बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि उपस्थित हुने कार्यक्रम तय गरिएको छ।

डा. अहमद एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान) का वरिष्ठ कन्सल्टेन्ट फिजिसियन र असिस्टेन्ट प्रोफेसर हुन्। उहाँ हाल वरिष्ठ सल्लाहकार चिकित्सकको रूपमा कार्यरत रहनुभएको छ।

कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाह विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभयो। साथै समाजसेवी कृष्ण प्रसाद सापकोटा, सैयद रिजवान अहमद शाह, इन्जिनियर गणेश देवकोटा, पत्रकार मोहसिन हल्वाई, दिनेश ठाकुर, मन्सुर अली इद्रिसी लगायतको उपस्थिति रहेको थियो।

स्वागत मन्तव्य निर्मल देवकोटाले गर्नुभएको थियो भने रितिका बुढाथोकी र निसा बस्नेतले अतिथिहरूलाई खादा लगाएर स्वागत गरेका थिए।

डा. अहमदले नेपालगन्जमा मधुमेह, उच्च रक्तचाप, मुटुका रोग, मिर्गौला तथा कलेजोका समस्या, थाइराइड विकार, दम, संक्रमणजन्य रोग (जस्तै टाइफाइड, डेंगु, मलेरिया, क्षयरोग), पाचन प्रणालीका समस्या लगायतका रोगहरूको परामर्श र उपचार सेवा प्रदान गर्ने जानकारी दिनुभयो।

साथै उहाँको परामर्शमा रक्त तथा प्रतिरोधात्मक प्रणालीका रोग (एनीमिया, ल्युपस, अटोइम्युन रोग) र नसा तथा मिर्गीसँग सम्बन्धित समस्याहरूको उपचार पनि उपलब्ध हुने जनाइएको छ।

जनसेवा फार्मेसी चिरायु डायग्नोस्टिकले जनसाधारणसम्म विशेषज्ञ चिकित्सकको पहुँच पुर्‍याउने उद्देश्यले निरन्तर स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि पनि फार्मेसीले विभिन्न निःशुल्क स्वास्थ्य शिविरहरू आयोजना गरेर स्थानीय बासिन्दालाई लाभान्वित बनाएको थियो।

फार्मेसीका अध्यक्ष कृष्ण देवकोटाले नेपालगन्ज जस्तो सहरमा गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन यो पहल गरिएको बताउँदै, “स्वास्थ्य क्षेत्र समाजको आधारभूत आवश्यकता हो, र जनसेवा फार्मेसीले निरन्तर जनहितमुखी कार्यक्रम अघि बढाउनेछ,” भन्नुभयो।

जनसेवा फार्मेसी नेपालगन्जस्थित सन्जिवनी कलेज अफ मेडिकल साइन्सको पूर्व गेटअगाडि, भिजन आँखा अस्पताल नजिक अवस्थित छ। फार्मेसीले बिरामीहरूलाई हरेक महिनाको पहिलो र तेस्रो शनिबार डा. सैयद वकार अहमदको परामर्शमा नियमित उपचार सेवा उपलब्ध गराउने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार