मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
४ वैशाख २०८२, बिहीबार

भैरहवा, ४ वैशाख । संघीय संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समिति उद्योग, वाणिज्यको अवस्था तथा मूल्यवृद्धिको अध्ययन गर्न लुम्बिनी प्रदेशमा आएको छ । समितिले बुधबार लुम्बिनी प्रदेशका विषयगत समितिसँग यहाँको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ताको अवस्थाबारे छलफल गरेको छ । त्यस्तै बिहीबार बुटवलमा उद्योगी–व्यवसायीसँग छलफल गरेको छ ।

समितिका सभापति एवं पूर्वमन्त्री अब्दुल खानले खासगरी पछिल्लो समय सिमेण्ट तथा डण्डीमा अस्वभाविक रुपमा मूल्यवृद्धिप्रति धेरैको चासो रहेको र समितिले त्यसबारे पनि गहन अध्ययन गरी सरकारलाई यथार्थता जानकारी गराउने बताए । 

पाँचदिने स्थलगत अध्ययनको लागि पाँचजना सांसद् र उपभोक्ता अधिकारकर्मीसहित समिति स्थलगत अध्ययनको लागि यहाँ आएको हो । टोलीमा समितिका सदस्य एवं सांसद् रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, हेम राज राई, रणेन्द्र बराली, रेखा यादव, रुक्मणी राना, गणेश पराजुली र उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन रहेका छन् ।

समितिले यस क्षेत्रमा रहेका मुख्य भन्सार, बुटवल धागो कारखाना, विशेष आर्थीक क्षेत्र (सेज), सिमेन्ट तथा डण्डी उद्योगहरुको पनि स्थलगत अनुगमन गर्ने कार्यक्रम छ । स्थलगत अनुगमन एवं सरोकारवालाहरुसँग छलफल गरी समस्याको जड पत्ता लगाई समाधानका उपायसहित सरकारलाई आफ्नो प्रतिवेदन दिने समितिका सभापति खानले जानकारी दिए ।

यसैबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) एवं सविधान सभा सदस्य इश्तियाक अहमद खाँले बिहीबार समितिसँग भेट गरी यस क्षेत्रमा रहेका उद्योग, वाणिज्य, श्रम तथा मूल्यवृद्धिका कारण उपभोक्तामा परेको असरबारे जानकारी गराएका छन् । उनले पछिल्लो समय अस्वभाविक रुपमा भइरहेको मूल्यवृद्धिले उपभोक्ताहरु मरमा परेको उल्लेख गर्दै मूल्यवृद्धि नियन्त्रणका लागि संघीय सरकारले ठोस कदम चाल्नुपर्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार