बाँके । बाँकेको नरैनापुरमा पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो ।
बाँकेको नरैनापुर गाउँपालिकाका धेरै किसान पशुपालनमा लागे पनि गाई र भैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन नसकिरहेको जनाइएको छ । पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले पहिलोपटक निःशुल्क कृत्रिम गर्भाधान सेवाको सुरुआत गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले जानकारी दिनु भयो ।
पशुको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित बनाउन कृत्रिम गर्भाधान गर्न सुरु गरिएको अध्यक्ष शाहले बताउनु भयो ।
तरल नाइट्रोजन एक सय ९६ डिग्री सेल्सियसको चिसोपनमा राँगा र साँढेको शुक्राणुलाई लामो समयसम्म सुरक्षित राख्ने गरिन्छ । गाई–भैँसीमा कृत्रिम गर्भाधान गराउँदा उत्पादनमा वृद्धि तथा विकास हुने नरैनापुर गाउँपालिकाका पशु शाखा प्रमुख जगतराम यादवले बताउनु भयो । यसबाट उन्नत जातका पशु उत्पादन हुने पशु शाखा प्रमुख यादवको भनाई छ ।
भैंसी पालन