मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मोरङको धानपालथान हत्या काण्डका थप २ जना आरोपी सार्वजनिक

महमूद आलम खान 1133+ समाचार ( )
यसअघि प्रहरीले सोही हत्याकाण्डमा संलग्न रहेको आरोपमा ३ जनालाई सार्वजनिक गरिसकेको छ
२२ माघ २०७८, शनिबार

विराटनगर । मोरङको धानपालथान ७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुई जना र ललितपुरको धापाखेलस्थित एक घरको कम्पाउण्डमा भेटिएका एक जनाको हत्या गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका ६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन् । उनीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरिएको जनाएको छ ।

यसअघि प्रहरीले सोही हत्याकाण्डमा संलग्न रहेको आरोपमा ३ जनालाई सार्वजनिक गरिसकेको छ । यसअघि मोरङ जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित साह, सिराहा घर ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ घर भएका ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

मोरङ र ललितपुरमा धितोमा जग्गा राखेर बैंक ग्यारेन्टी मिलाएबापत आउने ‘कमिशन’ बाँडफाँडमा विवाद भएपछि ३ जनाको हत्या भएको प्रहरीको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गत मंसिर २८ मा ललितपुरको धापाखेलमा तेह्रथुम घर भएका ६२ वर्षीय मोहनप्रसाद लिम्बुको हत्या भएको थियो भने सप्तरी घर भएका शम्भु चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठलाई मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखुबारीमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उक्त हत्या प्रकरणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार