मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सढें गलेका काठ छिट्टै ब्यवस्थापन हुन्छ : वनमन्त्री हमाल

महमूद आलम खान 1133+ समाचार ( )
काठको ब्यवस्थापन गर्न १२ वटै जिल्लालाई तथ्यांक संकलन गर्न निर्देशन
६ कार्तिक २०७८, शनिबार

नेपालगन्ज । लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले जंगलभित्र सढें गलेका काठको ब्यवस्थापन नहुँदा राज्यले ठुलो नोक्सानी बेहोर्नु परिरहेको बताएका छन् ।

प्रदेश वन मन्त्रालयले ति काठको उचित ब्यवस्थापन चाडै गर्ने उनको भनाइ छ । नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘प्रदेशका १२ वटै जिल्लामा काठ जुन रुपमा यत्रतत्र छरिएका छन्, त्यो काठहरु ब्यवस्थापन गर्न जति हामीले ढिला गर्छौ, त्यति राज्यको लागि नोक्सानदायी हुन्छ, त्यसले राज्यलाई फाइदा गर्दैन ।’ काठको ब्यवस्थापन नहुँदा त्यसै कुहिएर जाने र त्यसबाट राज्यले आर्थिक रुपमा ठुलो नोक्सानी बेहोर्नुपर्ने हुँदा चाडो ब्यवस्थापन गर्नका लागि मन्त्रालयले प्रक्रिया अगाडी बढाउने मन्त्री हमालले बताए ।

काठको ब्यवस्थापन गर्न आफुले १२ वटै जिल्लाबाट यसको तथ्यांक संकलन गर्न निर्देशन दिइसकेको उनको भनाइ छ । प्रदेश सरकारले खाली रहेको जमिनमा बृक्षारोपन गर्ने योजना बनाएको हमालले जानकारी दिए । मन्त्रालयले वातावरण र भू संरक्षण गर्नका लागि धेरै काम गर्ने सोच बनाएको बताए । बृक्षारोपन गर्दा एकातिर हरियाली हुने र अर्कोतिर वातावरण संरक्षणमा टेवा पुग्ने उनको विश्वास छ । नेपालगन्ज–कोहलपुर, तुलसीपुर–घोराही र भैरहवा–बुटवलको सडक खण्डको बीच भागलाई हरियाली क्षेत्र बनाउने विषयमा आफुले छलफल र समन्वय गरिरहेको जानकारी दिए ।

‘त्यसमा सुझाव लिइरहेको छु, हामीले एक÷दुई महिनाको रुख लगाउने होइन, कम्तिमा पनि ५÷७ फिट अग्लो रुख लगाउने हो, वयस्क रुखहरु रोप्ने हो,’ उनले भने ‘खर्च लगभग त्यस्तै होला, एक÷दुई महिनाको रुख लगायौं भने त्यसलाई संरक्षण गर्नका लागि कम्तिमा पनि दुई लाग्छ, तर ठुलो रुख यदी हामीले लगायौं भने तीन÷चार महिनाको संरक्षणले २० महिनाको संरक्षणको खर्चलाई हामीले बचाएर हामी शत प्रतिशत उपलब्धी हासिल गर्न सक्छौं ।’ प्रदेशभित्र भू संरक्षण अन्तर्गत नदी कटान, बाढी पहिरो नियन्त्रण गर्न खालका योजना बनाउन आफु छलफलमै रहेको मन्त्री हमालले बताए । 

अविरल रुपमा आएको वर्षाले किसानको धान बालीमा ठुलो क्षति पुर्याएकोमा लुम्बिनी प्रदेश सरकार चिन्तित भएको भन्दै उनले किसानलाई प्रदेश सरकारले अवश्य पनि राहत उपलब्ध गराउने बताए । ‘किसान दाजुभाई, दिदी बहिनीले मेहेनत गरेको धान काटेर घर भित्र्याउने क्रममा हुँदा वर्षाले क्षति गरिदिएको छ, प्रदेशको एउटा मन्त्री भएको नाताले म विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारले खुला हृदयका साथ सहयोग पुर्याउनेछ,’ उनले भने ।

पत्रकारले राखेको जिज्ञासामा मन्त्री हमालले प्रदेश सरकारले सञ्चार क्षेत्रलाई छुट्याएको बजेट समानुपातिक तरिकाले वितरण गर्ने विश्वास दिलाए । लुम्बिनी प्रदेशका केही नियम, कानुन बन्ने क्रम चलिरहेको र अझैपनि धेरै काम गर्न बाँकी रहेको बताए । पत्रकार भेटघाट कार्यक्रम युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न भएको थियो । सो क्रममा युनियन बाँकेका तर्फबाट अध्यक्ष ओलीले वनमन्त्री हमाललाई गम्छा र खादा ओढाएर सम्मान गर्दै बागेश्वरी मन्दिरको फोटो अंकित मायाको चिनो समेत प्रदान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार