मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

काल्पनिक बिमान दुर्घटना तथा उद्दार प्रतिकार्य अभ्यास सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

बाँके । नेपालगञ्ज बिमानस्थलमा काल्पनिक बिमान दुर्घटना तथा उद्दार प्रतिकार्य अभ्यास गरिएको छ ।

नेपालगञ्जज उपमहानगरपालिका वडा नम्बर २० राँझास्थित नेपालगञ्ज बिमानस्थलमा काल्पनिक बिमान दुर्घटना तथा उद्दार प्रतिकार्य अभ्यास गरिएको हो । विमान दुर्घटना हुँदा गरिनुपर्ने छिटो छरितो उद्दार, क्षती न्यूनीकरण र प्रतिकार्यको काम कसरी गर्ने भन्ने विषयमा कृत्रिम घटना अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनु भयो । 

नेपाली सेना, नेपाल प्रहरी, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी, नागरिक उड्यनका पदाधिकारी, नेपाल रेडक्रस सोसाइटी बाँकेका पदाधिकारी, मिडियाकर्मी लगायतको उपस्थिति र सहकार्यमा काल्पनिक बिमान दुर्घटना तथा उद्दार प्रतिकार्य अभ्यास गरिएको हो ।

विमानस्थलमा कुनै दुर्घटना भएमा कसरी उद्धार गर्ने भनेर गरिने पूर्व तयारीका बारेमा सिकाउनका लागि प्रत्येक बर्ष अभ्यास गर्दै आएको प्रहरीले जनाएको छ । सिकाइको क्रममा नेपालगञ्ज विमानस्थल क्षेत्रमा धुवाको कालो मुस्लो देखिएको थियो । अभ्यासको क्रममा २ वटा दमकल र एम्बुलेन्सको साइरन सुनिएको थियो । अभ्यासका लागि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र एम्बुलेन्स तैनाथ थिए । जहाज दुर्घटनाको अभ्यासपछि हवाई सुरक्षासम्बन्धी विविध गतिविधि जानकारी गराइएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार