मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बाँकेका एसपी बोहराले पत्रकार भण्डारीलाई दिएको धम्की प्रति पत्रकार सम्वद्ध संगठनद्धारा निन्दा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
सुरक्षाको प्रत्याभूति गराउन माग
२३ चैत्र २०८०, शुक्रबार

बाँके, २३ चैत्र । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकार सम्वद्ध संघ, संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल प्रेस युनियन बाँके, प्रेस चौतारी नेपाल बाँके, प्रेस सेन्टर नेपाल बाँके र प्रगतिशिल पत्रकार संघ बाँकेले शुक्रबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन् ।

आफुसँग सम्बन्धित समाचार प्रकाशित भएको बिषयमा प्रहरी उपरीक्षक बोहराले सद्भाव दैनिक पत्रिका र सेतोखरी अनलाईनका सम्पादक  भण्डारीलाई समाचार रोक्न धम्की दिनु भएको थियो । कानून कार्यान्वयन गर्ने जिम्मेवार पदमा आसिन व्यक्तिले आफ्नो पदीय मर्यादा र जवाफदेहिता बिर्सिएर समाचारको विषयलाई लिएर पत्रकारलाई हतोत्साहित गर्ने र आतंकित पार्ने कार्यको कडा शब्दमा भत्सर्ना गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए त्यसउपर कानूनी उपचारमा जान सकिने स्थापित पद्धति र प्रावधान छ, त्यसलाई बेवास्ता गर्दै एसपी बोहराले पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो, पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने यस्तो धम्कीको कडा शब्दमा निन्दा गर्दछौं ।’

समाचार प्रकाशनका बिषयलाई लिएर दादागिरी शैलीमा पत्रकार धम्क्याउने प्रहरी उपरीक्षक बोहरालाई तत्काल कारबाही गर्न र यसरी पछिल्लो समय बाँकेमा पत्रकारमाथि निरन्तर भइरहेको आक्रमणका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्न स्थानीय प्रशासन एवं सरकारसँग जोडदार माग गरिएको छ । ‘अन्यथा संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मानको पक्षमा र प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्य विरुद्ध आन्दोलन गर्न बाध्य हुने छौं,’ विज्ञप्तीमा भनिएको छ ।

जारी विज्ञप्तीमा  युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टरका जिल्ला अध्यक्ष राजेश आचार्य र प्रगतीशिल पत्रकार संघ, बाँकेका संयोजक तिलक गाउँलेले हस्ताक्षर गरेका छन् । यसअघि बिहीबार नेपालगन्जस्थित पत्रकारसम्वद्ध संघ, संगठनका प्रतिनिधि तथा अग्रज पत्रकारले दुर्व्यवहार प्रति चिन्ता र चासो ब्यक्त गरेका थिए ।

यसै नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले एक विज्ञप्ती प्रकाशीत एसपी बोहराले  दिनु भएको धम्की प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पत्रकारको सुरक्षा ग्यारेन्टी गर्न सरकार संग माग गर्नु भएको छ ।

यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बाँकेका एसपी बोहरा र अन्य प्रहरी कर्मचारीहरुको बारेमा स्थानीय संचारमाध्यम तथा सामाजिक संजालमा भएका टिकाटिप्पणीहरुका सम्बन्धमा छानविन गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानविन समिति गठन भई छानविन प्रकृया अगाडि बढेको प्रहरी नायब महानिरिक्षक कुबेर कडायतले रेडियो नेपाललाई जानकारी दिनु भयो । उहाँले मुलुकमा प्रेस स्वतन्त्रता रहेको बताउँदै सत्यतथ्यमा आधारित समाचार लेख्न सञ्चारमाध्यमहरूलाई आग्रह गर्नु भयो । उहाँले आग्रह,पूर्वाग्रहभन्दा माथि उठेर स्वतन्‍त्र पत्रकारिता गर्न अपिल गर्दै पत्रकारको सुरक्षा गर्न नेपाल प्रहरी तयार रहेको बताउनु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार