बाँके । नेपालमा तीन तहका सरकार छन् । घरेलु महासंघ पनि केन्द्रदेखि स्थानीय निकायसम्म फैलिएको छ । हामी केन्द्रदेखि स्थानीय तह सम्म ३५८ पालिकामा छौ । देशभरका लघु घरेलु उद्योगको विकास हाम्रो उद्देश्य रहेको छ । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य रहेको छ । केन्द्रलेसमेत मेला लगाउँदै आएको छ । हरेक वर्ष काठमाडौंमा मेला हुन्छ । मेलामा जिल्लाका उत्कृष्ट उद्यमीलाई पुरस्कृत गर्दै आएका छौ । महिलाका उत्पादनलाई विशेष प्राथमिकता दिने गरेका छौ । महिलालाई स्टलमा निःशुल्क प्रवेश गरिएको छ । यस्ता कार्यक्रमले उत्पादन बजारीकरणमा भूमिका खेल्छ । आर्थिक क्षेत्र देशको मेरूदण्डको रुपमा रहेको छ । बैजनाथ महासंघले आम्दानी सामाजिक क्षेत्रमा लगाउने भनेको छ । आफ्नै भवन बनाउने उद्देश्य रहेको छ । यो निकै राम्रो काम हो । म अध्यक्ष भएदेखि विभिन्न जिल्लामा जान्छु । त्यहाँका समस्या बुझ्ने गरेको छ । अहिलेसम्म ४२ जिल्लामा पुगिसके । बाँके जिल्ला हाम्रो प्राथमिकतामा परेको जिल्ला हो । बैजनाथमा फेरि पनि म आएको छु । यहाँ धेरै राम्रो काम भएको छ । महोत्सवले यहाँको पर्यटन प्रर्वद्धनमा भूमिका खेल्ने मेरो विश्वास रहेको छ । महोत्सवले यहाँका मौलिक संस्कृति र स्थानीयष् उत्पादन बजारीकरणलाई प्राथमिकता देओस् । स्थानीय उत्पादनको अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छ ।
‘स्थानीय र महिलाका उत्पादनला प्राथमिकता दिइनेछ’
पछिल्लो समय देशभर महोत्सव भइरहेका छन् । अधिकांश जिल्लामा महोत्सवलाई फेसनका रुपमा लिएको देखिन्छ । तर, बैजनाथमा हुन लागेको महोत्सव हरेक हिसाबमा महत्वपूर्ण छ । महोत्सवलाई मनोरञ्जनको लागि मात्रै प्रयोग गर्ने होइन । सामाजिक कार्यका लागिपनि महोत्सव गर्न सकिन्छ भन्ने सन्देश यो महोत्सवले दिनेछ भन्ने हाम्रो विश्वास रहेको छ । यस्तै महिलाहरुद्धारा उत्पादन गरिएका वस्तुहरुलाई प्राथमिकता दिइनेछ । स्थानीय उत्पादन बजारीकरण सघाउ पुग्नेछ । प्लास्टिक निषेध गरिनेछ । फाइबल झोलालाई महोत्सवमा बजारीकरण गरिनेछ । बैजनाथमै उत्पादन भएका अचार,मह आदी स्टलमा राखिनेछ । यो महोत्सवको उद्देश्य भवन बनाउने हो । बाँके जिल्लामा हामी आठ वटै पालिकामा फैलिएका छौ । हाम्रा आफ्नै संरचना छैनन् । कोहलपुर नगर समितिको मात्रै आफ्नै भवन रहेको छ । बैजनाथ महोत्सवबाट भएको आम्दानी हामीले भवन निर्माणमा प्रयोग गरिनेछ । आगामी वर्ष खजुरामा पनि महोत्सव लाग्नेछ ।
‘आम्दानीको रकम घरेलु व्यवसाय प्रवद्र्धनमा खर्च गर्नेछौ’
हामीले बैजनाथमा पहिलोपटक महोत्सव आयोजना गर्दैछौ । यो हाम्रो पहिलो प्रयास हो । महोत्सव लगाउनुका हाम्रा धेरै उद्देश्य रहेका छन् । महासंघको संस्थागत विकास होस् भन्ने हो । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने जमर्को राखेका छौं । महोत्सव सात दिनसम्म सञ्चालन हुनेछ । महोत्सवबाट भएको आम्दानीको २० प्रतिशत रकम बैजनाथमा रहेका घरेलु उद्योग तथा व्यवसाय उत्थानमा प्रयोग गरिनेछ । १० प्रतिशत बजेट हामी बैजनाथमा रहेका सर्वसाहारा, बेसाहारा, विपन्न तथा गरिबहरुको सहयोगमा खर्च गर्नेछौ । बचेको रकम महासंघको भवन निर्माणको लागि खर्च गरिनेछ । यो महोत्सव नाफा कमाउनको लागि होइन । समाजिक कार्य गर्नको लागि हो । यहाँको संस्कृतिको विकास गर्नको लागि हो । यहाँका मौलिक संस्कृतिहरु झल्काउनका लागि हो । यस्तै उहाँका पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि हो । घरेलु उत्पादन बजारीकरण गर्नको लागि हो । यतिमात्रै होइन समग्रमा बैजनाथलाई सबैमाझ चिनाउनको लागि हो । यसमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका उत्पादन स्टलका रुपमा रहनेछन् । बाँके जिल्लाका सम्पूर्ण पालिकाका स्टलसमेत रहनेछ । सबै बाँके बासीलाई महोत्सव अवलोकनका लागि अनुरोध गर्दछु ।
महोत्सवलाई समग्र बैजनाथ चिनाउने अवसरका रुपमा लिएका छौं
प्रथम बैजनाथ महोत्सवको आजदेखि उद्घाटन हुँदैछ । दिउँसो ठिक १ बजे कोहलपुर न्युसिटीमा महोत्सव उद्घाटन हुनेछ । महोत्सव हुनु पुर्वका सम्पूर्ण तयारी भइसकेको छ । सम्पूर्ण स्टलहरुको पनि व्यवस्थापन भैसकेको छ । स्थानीय उत्पादनलाई प्रमुख मुख्य प्राथामिकता दिईने छ । महोत्सवमा बैजनाथ भित्र रहेका भित्र रहेका बिभिन्न समुदाय झाँकी, लगायतका सबै कुराहरुलाई समेटेका छौं ।स्थानीय स्तरमा रहेको विभिन्न उत्पादन,कृषिवस्तु, पर्यापर्यटनसँग जोड्ने काम हुनेछ । यहाँका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरिनेछ ।
कुनैपनि ठाउँलाई चिनाउनको लागि यस्ता किसिमका कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्छ । जहाँ मेला महोत्सव हुन्छ,एउटा वडाले अर्को वडालाई, अर्को वडाले समग्र स्थानीय तहलाई समेट्छ । प्रर्दशनीका माध्यमबाट माध्यमबाट गन्तव्य पनि बन्न सक्छ । हाम्रो उत्पादनलाई बिभिन्न क्षेत्रमा निर्यात गर्न सक्छौ ।बाँके जिल्ला शहरको हिसाबले चिनिएको छ । यसलाई चिनाउनको लागि ग्रामिण क्षेत्र नै आवश्यक पर्छ । मनोरञ्जन लिने उदेश्यले होस् वा अन्य कुने उदेश्यले ग्रामिण क्षेत्रकै बासिन्दाहरु उल्लेखीय सहभागिता भएका कारण महोत्सव सफल भएको देख्छु । महोत्सवमा राष्ट्रियसँगै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहन्छ, स्थानीयलाई पनि हामीले प्रथामिकता दिएका छौ । स्थानीय कला,संस्कृतिसँग जोडिएको थुप्रै प्रस्तुति हुनेछन् । मौलिक नाँच, सिंगारु नाँच, थारु नाँच, कुर्कुटे नाँच लागयत विभिन्न प्रस्तुतीहरु समेटिने भएको छ ।
‘कृषि क्षेत्रको विकास र पर्यटन प्रवद्र्धन हुने अपेक्षा छ’
आजबाट हाम्रो पालिकामा प्रथम बैजनाथ महोत्सव लाग्दैछ । वडा नम्बर ५ मा हुने महोत्सवको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु । प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक,लघु,घरेल