मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कानुनका विद्यार्थी अजिजद्वारा वडा अध्यक्षका लागि स्वतन्त्रमा मनोनयन दर्ता

महमूद आलम खान 1133+ समाचार ( )
नेपालगंज उपमहानगरपालिका वडा नं. ५ को वडा अध्यक्षका लागि आईतबार मनोनयन दर्ता गराउनुभएको छ ।
११ वैशाख २०७९, आइतबार

बाँके । स्वतन्त्र उम्मेदवार अब्दुल अजिज हल्वाईले नेपालगंज उपमहानगरपालिका वडा नं. ५ को वडा अध्यक्षका लागि आईतबार मनोनयन दर्ता गराउनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिदैँ हल्वाईले बाँडीचुँडी खाने प्रवृतिकाविरुद्ध आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिनुभयो । कानुनको विद्यार्थी र सामाजिक पृष्ठभूमिका उहाँले आफू वडा अध्यक्षमा निर्वाचित भएमा पाँच वर्षसम्म राज्य कोषबाट वडा अध्यक्षले पाउने सेवा सुविधा गरिब, असहायको शिक्षा, स्वास्थ्यमा लगाउने र नेपालगंजको विकासका लागि स्वयम् सेवकको रुपमा काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । 

हल्वाईले वडालाई डिजिटल सरकारदेखि नागरिक मैत्री योजना अघि सारेका छन् । यसका साथै उनले व्यक्तिगत घटना दर्ता, वृद्धभत्ता वितरण घर–घरमै पुगेर गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ३० वर्षीय हल्वाई कानुनका विद्यार्थी समेत हुन् ।

वडामा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी गर्ने, ७० वर्ष माथिका वृद्ध वृद्धाको घरघरमा नै गएर स्वास्थ्य परीक्षण, एक घर एक रुख अभियान लगायत योजना रहेको बताए ।

वडा अध्यक्षका उम्मेदवार हल्वाईले गत निर्वाचनमा विजय भएका वडा अध्यक्षले जनमैत्री काम गर्न नसकेको, जनताहरुलाई दुख दिएको भन्दै जनताको सेवक भएर काम गर्नका लागि नागरिक स्तरबाट दबाब सृजना भए पछि स्वतन्त्र रुपमा उम्मेदवारी दिनु परेको  बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार