मुख्य समाचार
तीन सयभन्दा बढी विद्यार्थी तथा अभिभावकको निःशुल्क कान परीक्षण | पत्रकारमाथि सांघातिक आक्रमणको २४ घण्टा बित्दा पनि अपराधी पक्राउ परेनन्, प्रहरीको अनुसन्धानमाथि प्रश्नैप्रश्न | पत्रकार आशिष मल्लमाथि रड प्रहार : आक्रमणकारीको तत्काल पहिचान गरी कारबाही गर्न पत्रकारहरूको माग | ४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री |

बाँके-१ मा पाण्डेको प्रतिबद्धता: नाराबाट नीति हुँदै ‘अवस्था बदल्ने’ एजेण्डा

प्रमिला बिश्वकर्मा 18+ समाचार ( )
८ फाल्गुन २०८२, शुक्रबार

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै छ । निर्वाचनको लागि चुनावी माहोल तातिँदै जाँदा बाँके–१ मा यसपटक नाराभन्दा नीति र कार्यक्रम केन्द्रित बहस अघि बढ्न थालेको छ। यही क्रममा नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) ले “अब अवस्था बदल्ने समय” भन्ने सन्देशसहित विस्तृत विकास प्रतिबद्धता सार्वजनिक गरेका छन् । 

पाण्डेले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा भावनात्मक नाराभन्दा व्यवहारिक योजना र स्पष्ट कार्यदिशालाई प्राथमिकता दिइएको छ । स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा स्थापित गर्दै प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने, मातृ–शिशु स्वास्थ्यमा विशेष ध्यान दिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । 

शिक्षा क्षेत्रतर्फ ‘एक विद्यालय–एक प्राविधिक धार’ अवधारणामार्फत युवालाई सीप, प्रविधि र रोजगारीसँग जोड्ने लक्ष्य अघि सारिएको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच बढाउने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ।

कृषि र उद्योगलाई आर्थिक मेरुदण्डका रूपमा परिभाषित गर्दै सिँचाइ पूर्वाधार विस्तार, चिस्यान केन्द्र निर्माण तथा “एक पालिका–एक औद्योगिक ग्राम” स्थापना गर्ने कार्यक्रम प्रस्तुत गरिएको छ। यसले स्थानीय उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रमा योगदान पुर्‍याउने अपेक्षा समेत गरिएको छ।

त्यस्तै प्रतिबद्धता पत्र मार्फत सडक, विद्युत् र पूर्वाधार स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै दिगो विकासको खाका अघि सारिएको छ। सामाजिक न्याय, समावेशीता र सुशासनलाई प्रमुख आधार मानेर डिजिटल प्रणालीमार्फत पारदर्शी सेवा प्रवाह र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

चुनाव नजिकिँदै जाँदा बाँकेका राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक बाँके–१ मा भावनात्मक भाषणभन्दा योजनामुखी बहसको संकेत देखिएको छ।

 अब मतदाताले कुन कार्यक्रमलाई विश्वासयोग्य ठान्छन् र कसको कार्यान्वयन क्षमता बलियो देखिन्छ भन्ने विषय नै निर्वाचनको निर्णायक पक्ष बन्ने देखिन्छ।

स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पूर्वाधार, सामाजिक न्याय, युवा तथा खेलकुदलाई केन्द्रमा राखिएको यस प्रतिबद्धताले बाँके–१ को चुनावी बहसलाई नयाँ दिशातर्फ उन्मुख गराएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार