मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

स्वास्थ्य शाखाको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी नरैनापुरमा सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
८ भाद्र २०८०, शुक्रबार

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाको आर्थिक वर्ष २०७९÷०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

नरैनापुर गाँउपालिकाको स्वास्थ्य शाखाको आयोजना, गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो ।

बिहिबार र शुक्रबार गरी दुइ दिनसम्म चलेको उक्त गोष्ठीमा सहभागी गाँउपालिका अन्तर्गतका ६ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा उत्कृष्ट भएर छानिएका स्वास्थ्य संस्थालाई सम्मान गरिने निर्णय गरिएको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिनु भयो ।

समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापुर्वक जिम्मेवारी पुरा गर्ने पालिका भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरुलाई धन्यवाद दिनु भयो । 

गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आ.व मा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएकोले आगामी दिनमा यस गाँउपालिकालाई नमुना स्वास्थ्य गाँउपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

गोष्ठीको समापन कार्यक्रममा वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, स्वास्थय कार्यालय बाँकेका दुर्गा गौतम, संघीय सासद किशोर सिंह राठोरका स्वकिय सचिव ज्ञानु जोशी लगायतले नरैनापुरले स्वास्थ्य क्षेत्रमा गरेको कामको प्रशंसा गर्नु भएको थियो .

प्रतिक्रिया

Guddu Ahmad ansari ९ भाद्र २०८०, शनिबार

Koi bhi hospital jab bhi jao 1 se 6 no.ward Tak koi bhi dawa nahi milegi bas milegi to pairasitamol ke siwa koi aur dawa nahi milta hai

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार