मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठसँग कोरियका पूर्वमन्त्रीले भने– नेपालमा ठूलो लगानी ल्याउँछौंँ

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीबीच भेटवार्ता भएको छ
२७ चैत्र २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा भएको भेटवार्तामा डा. कीले नेपाल सरकारले लगानी मैत्री वातावरण तयार गरेमा कोरिया लगायत विश्वभरको लगानी नेपालमा ल्याउन सकिनके बताए ।

कोरियन सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायमा झण्डै चार दशक कार्य गरेका लिले देशको विकास हुन त्यहाँको बलियो र दुरदर्शि नेताको मुख्य भूमिका हुने र कोरिया पनि त्यही कारण आज विश्वको विकशित राष्ट्र बनेको बताए । उनले

भेटवार्ताको क्रममा लीले नेपालले पनि कोरियको प्रविधि र लगानी भित्राएर विकास गर्न सक्ने बताउँदै भने, “हरेक हिसाबले सम्भावना भएको नेपालले विकासमा छलाङ लगाउन सक्छ, तपाईँहरु अनुमती दिनुहोस् हामीले विश्वको लगानी र प्रविधिको समन्वय गरेर विकास गर्छौं ।”

हाल कोरिया–एसिया इकोनमिक कोअपरेसन एसोसियसनका अध्यक्ष समेत रहेका लिले आफ्नो देशले पनि पहिले बैदेशिक सहायता, प्रविधि र लगानी ल्याएर विकास गरेको स्मरण गरे । विकास गर्न मुख्य गरेर पुर्वाधार, यातायतका साथै विद्युतिकरणमा जोड दिनुपर्ने र सिमित स्रोतलाई परियोजना लक्षित लगानीमा जोड दिनुपर्ने बताए । आफू र आफ्नो समूह लगानीका माध्यमबाट विकाशको लागि काम गरिरहेको बताउँदै, विश्वका विभिन्न देशहरुमा लगानी गर्न खोजेको र नेपाल सरकारले लगानिको लागि आव्हान गरेमा पहिलो प्राथमिकतामा नेपाल भएकोले नेपाल भ्रमण गरेको बताए ।

सो क्रममा राष्ट्रिय जोजना आयोगका उपाध्यक्ष श्रेष्ठले नेपालप्रतिको सदभावको लागि धन्यबाद दिँदै नेपालले पूर्वमन्त्री लीजस्तै लगानीकर्तालाई छिट्टै आह्वान गर्ने बताए । उपाध्यक्ष श्रेष्ठले सन् १९५५ ताका नेपालले कोरियालई खाद्यान्नलगायत सहयोग गरेको विषयलाई स्मरण गर्दै नेपाल विगतमा कमजोर नभएपनि पछिल्ला केही दशकमा राजनीतिक अस्थिरताले गर्दा आर्थिक र विकासमा पछि परेको धारणा व्यक्त गरे । उनले आफूहरु पञ्चवर्षिय योजनाको लागि कार्यमा जुटिरहेको परिप्रेक्षमा परिणाममुखि आयोजनामा ध्यान दिने समेत बताए ।

गैरआवसिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्द्वारा समन्वय गरिएको सो भेटमा संघका अध्यक्ष विनोद कँुवरले नेपालमा कोरियन प्रविधि र विश्वभर विकशित राष्ट्रले अवलम्वन गरेको विकाशको मोडल भित्राएर छिट्टै विकास गर्न सकिने र सो का लागि गैरआवासि नेपालीले भूमिका खेल्ने धारणा राखेका थिए ।

भेटघाटमा संघकापूर्व उपाध्यक्ष सोनाम लामा, महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, दिपेश खत्री, रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल र लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्याललगायतले नेपाललाई मोनोरेल, साना किसिमका शहरी रेलका माध्यमबाट पर्यटन र जल तथा सौर्यका साथै जैविक तथा नविकरणीय उर्जा उद्योगको माध्यमबाट विकाश गर्न सकिने धारणा राखे ।

वैदेशिक लगानि तथा लगानिमैत्री वातावरणको लागि राष्ट्रिय योजना आयोगले ति उद्योगहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिई लगानिको आव्हान गरेमा आ–आफ्नो क्षेत्रबाट नेपालमा लगानि भित्राई देश विकाशमा अगाडि बढ्न सक्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार