मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |
मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |


पत्रकार सेजुवालको अनुसन्धानमूलक पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१३ माघ २०८०, शनिबार

काठमाडौं । नेपाली पत्रकारिताको अभ्यासका क्रममा हुने कमजोरीलाई मिहीन ढङ्गले केलाएर प्रस्तुत गरिएको अनुसन्धानमूलक पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ । खोज पत्रकारका रुपमा परिचित कलेन्द्र सेजुवालले लेख्नुभएको उक्त पुस्तक आज उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विमोचन गरे।

पुस्तकमाथि टिप्पणी गर्दै पुस्तक विमोचन कार्यक्रमका सहभागीले अखबारी पत्रकारिताको पहिलो पृष्ठमा हुने कमजोरीलाई पुस्तकले विषयवस्तुका आधार बनाएको बताएका छन् । खोज पत्रकारितामा सक्रिय सेजुवालको उक्त पुस्तक पत्रकारिता क्षेत्रमा अर्को इँटा थपिएको विज्ञहरुको भनाइ थियो ।

पुस्तकको केन्द्रमा सुर्खेतबाट प्रकाशित पत्रिकाहरुका फ्रन्ट पेज (पहिलो पृष्ठ) समावेश गरिएका छन् । साथै एफएम रेडियो र टेलिभिजनका प्रमुख, प्रदेश सीमाङ्कन आन्दोलनमा सुर्खेतका सञ्चारमाध्यमको भूमिकालगायत विषयवस्तु समेटिएका लेखक सेजुवालले बताए ।

सांसद कान्तिका सेजुवालले फल्स फ्रन्ट पेज समग्र सञ्चारमाध्यमको समीक्षात्मक प्रतिवेदन रहेको भन्दै यसले पत्रकारिता क्षेत्रमा देखिएका कमीकमजोरी सुधारेर उच्च व्यावसायिक अभ्यासका निम्ति मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रको उच्च व्यावसायिक अभ्यासमा रहेका कमजोरीलाई सुधार्न पुस्तक उपयोगी हुने बताए। उनले देश र समाजको ऐनाका रुपमा रहेको पत्रकारिताको धारलाई बदल्दै सकारात्मक दृष्टिकोणबाट पेसागत इमान्दारिता निर्वाह गर्नु आजको आवश्यकता रहेको उल्लेख गरे।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोखरेलले पत्रकारिता क्षेत्रका कमीकमजोरीलाई पुस्तकमार्फत सूक्ष्म ढङ्गले उठान गरिएकाले यो पुस्तक पत्रकारिता क्षेत्रका विद्यार्थीका लागि उपयोगी सामग्री हुने विश्वास व्यक्त गरे । उनले समाजलाई सही ढङ्गले सुसूचित गर्न र समाजको दृष्टिकोण बदल्न सञ्चारमाध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्न जरुरी भएको खाँचो औँल्याए ।

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष एवं महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता क्षेत्रका लागि पुस्तक निकै उपयोगी हुने धारणा राखे । पेसागत व्यावसायिकता, पत्रकारिताको सिद्धान्तसँग कुनै पनि सम्झौता नगर्ने व्यक्तिका रुपमा आफूले पत्रकार सेजुवाललाई चिनेको भन्दै उनले पत्रकारिता क्षेत्रका लागि आगामी दिनमा पनि थप पुस्तक आउन सकोस् भनी शुभकामना व्यक्त गरे ।

महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले ‘सोसल मिडिया’ का कारण आजको पत्रकारितामा चुनौती थपिएको, पत्रकार स्वयं कामप्रति सक्रिय नभएको भन्दै पत्रकारिताको व्यावसायिक मर्म र भावनालाई जीवित राख्न सबै जिम्मेबार भएर लाग्नुपर्नेमा जोड दिए । उनले सेजुवालको पुस्तक सबै पत्रकारका लागि उपयोगी हुने बताए ।

महासङ्घका पूर्वअध्यक्ष सुरेश आचार्यले नेपाली पत्रकारितामा सच्चिन चाहनेका लागि पुस्तक प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे। महासङ्घका अर्कापूर्वअध्यक्ष महेन्द्र बिष्टले पत्रकारिताको पुरानो अभ्यासलाई समीक्षा गरेर समयसापेक्ष बनाउन पुस्तकले सहयोग गर्ने बताए ।

पत्रकार निर्मला शर्माले पत्रकारिताका आधारभूत सिद्धान्त र उच्च व्यावसायिक अभ्यासमा देखिएका कमजोरी सुधार्न तथा यस क्षेत्रका अध्येताका लागि पुस्तक उपयोगी बन्ने विश्वास व्यक्त गरिन् । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमलेस बिसीले पत्रकारिता क्षेत्रका अनुसन्धानकर्ता र आम पाठकका लागि पुस्तक सन्दर्भ सामग्री बन्ने बताए।

पुस्तकका लेखक सेजुवालले पत्रकारिताको अभ्यासका क्रममा आफूले भोगेका, देखेका विषयवस्तुलाई सजीव ढङ्गले प्रस्तुत गरिएको उल्लेख गरे । प्रेस फ्रिडम मिडिया प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य पाँच सय रुपैयाँ रहेको छ । पुस्तक बिक्रीबापत भएको आम्दानीको ५० प्रतिशत रकम खोज पत्रकारितामा हौसला प्रदान गर्नका लागि प्रयोग गरिने लेखक सेजुवालले जानकारी दिए । उनले प्रदेश पत्रकारिता पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापना गरिने बताए ।

खोज पत्रकारितामा दक्खल राख्ने पत्रकार सेजुवाल विगत २५ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । उनी हाल नेपाल पत्रकार महासङ्घको कोषाध्यक्ष छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार