मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१९ मंगशिर २०८०, मङ्गलबार

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।

‘स्वास्थ्य क्षेत्रको दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले महिला स्वयंसेविकहरुको सक्रियताको कारण स्वास्थ्य सम्बन्धी सूचकमा सुधार आएको बताउँदै उनले महिला स्वयंसेविकहरुको सक्रियताका कारण नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट पालिका बन्न सकेको भन्दै बधाई दिएका थिए । महिला स्वयंसेविकाले गरेको कामको उच्च मूल्याङ्कन गरेकोले बिशेष प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा बोल्दै नरैनापुर वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले स्वयंसेविकाले समुदायका कुना कुनामा स्वास्थ्यको पहुँच पुराएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले महिला स्वास्थ्य स्वयंसेवीकाको भूमिका निरन्तर रूपमा रहेको र यो अत्यन्तै महत्त्वपूर्ण रहेको बताए । उनले स्वास्थ्य सेवालाई घरघरमा पुर्याउँन र अझ फराकिलो बनाउनु आवश्यक रहेको कुरा औँल्याए । नेपालको स्वास्थ्यको अवस्थाका बारेमा स्वयमसेवीकाहरुले विश्व सामु फैलाएको जिकिर गरे उनले भने महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्यका संवाहक हुन् । 

गंगापुर स्वास्थ्य संस्थाका प्रमुख नबिनले भने घरघरमा स्वास्थ्य सुचनाका साथ समय सापेक्ष आवश्यकता अनुसारको सेवाहरु महिला स्वास्थ्य स्वयम सेविकाले पहिलो लहरमा रहेर पुर्‍याएको बताए । उनले कोभिड १९ मा पनि महिला स्वास्थ्य स्वयंसेविकाले ज्यान जोखिमा राखेर सेवा गरेकोमा प्रशंसा गरेका थिए । 

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथीमा नरैनापुर २ का अध्यक्ष मसुद अहमद शाह, स्वास्थ्य संयोजक नगेन्द्र शाह, जिन्सी शाखा प्रमुख भरत महतो, योजना शाखा प्रमुख प्रकाश अधिकारी, ६ वटै स्वास्थ्य संस्थामा प्रमुख र महिला स्वयंसेविकहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन नविनले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार