मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

स्वर्गीय बिरमी केसीको छैटौं स्मृति दिवस मनाइयो

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१४ भाद्र २०८०, बिहीबार

स्वर्गीय बिरमी केसीको छैटौं स्मृति दिवस लुम्बिनी प्रदेश सभाषद कृष्णा केसी (नमुना) द्वारा माल्यापर्ण गरि श्रद्धा सुमन अर्पण गरिएको छ ।

बिहीबार बिरमी चन्द्र फाउन्डेसनको कार्यालयमा स्वर्गीय बिरमी केसीको श्रद्धाञ्जली सभा कार्यक्रम राखिएको हो । उक्त फाउन्डेसन स्वर्गीय बिरमी केसी र स्वर्गीय चन्द्र बहादुर केसीको नामबाट स्थापना गरिएको थियो ।

स्वर्गीय केसीको सुपुत्री समेत रहेकी नमुनाले उक्त फाउन्डेसनले गरेको सामाजिक कार्य, पत्रकार उत्पादन गर्ने काम लगायतको प्रशंसा गर्नुभएको हो । उहाँले फाउन्डेसनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा आफू चिन्तित रहेको बताउदै फाउन्डेसनले बाँके जिल्लामा रहेका ८ वटै स्थानीय तहमा केही न केही काम गर्ने बताउनुभयो । प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा संस्थाका अध्यक्ष डा. डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाषद कृष्णा केसी नमुना रहनु भएको थियोे ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, नीति तथा परामर्श केन्द्रका सदस्य सुशील लामिछानेले स्वर्गीय केसीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँ यो संसारबाट गएपनि संस्थाले गर्दा उहाँलाई सबैले चिन्ने गरेको बताउनुभयो । प्रेस सेन्टर नेपाल बाँकेका सचिव केपी घिमिरेले सञ्चालन गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सचिव तथा फाउन्डेसनका कोषाध्यक्ष गजेन्द्र गुरुङ, नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव एवं फाउण्डेशनका उपाध्यक्ष कृष्बण हादुर वली, सेन्टरला बाँके सहसचिव तिलक नेपाली, प्रेस सेन्टर नेपाल नेपालगञ्ज समितिका सचिब प्रदिप गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार