मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

महिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१५ चैत्र २०८०, बिहीबार

काठमाडौं । आज बिहीबार माननीय मन्त्री भगबती चौधरीज्यू र नेपाल लागि फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काको शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देश विचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षविच कुराकानी भएको छ ।

भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देश विचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व दिएको बताउनु भयो ।

भेटमा मन्त्री चौधरीले भन्नुभयो,‘यो वर्ष हामीले कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा गरेकोमा खुशी लागेको छ । प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकार भनेको हामीले फिनल्याण्डसँग खुसीसाथ साझा गर्ने मूल्यहरू हुन् । दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई प्रवद्र्धन गर्न उच्चस्तरीय भ्रमणको आदानप्रदान आवश्यक छ ।’

मन्त्री चौधरीले सामाजिक–आर्थिक स्थिति, विशेष गरी नेपालको ग्रामीण समुदायहरूको उत्थान गर्ने प्रयासहरूमा फिनल्याण्डको सहयोग नेपालको लागि फलदायी हुने विस्वास ब्यक्त गर्नुभएको छ । साथै, उहाँले कोभिड १९ को कठिन समयमा नेपाललाई सहयोगको हात बढाएकोमा फिनल्याण्ड सरकार र जनतालाई धन्यवाद पनि दिनुभएको छ ।

नेपाल सन् २०२६ मा एलडीसी स्थितिबाट उत्तीर्ण भई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा रहेको बताउँदै मन्त्री चौधरीले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्न नेपाल प्रयासरत रहेको पनि उल्लेख गर्नुभयो । ‘हामी फिनल्याण्डले विभिन्न बहुपक्षीय फोरमहरूमा जलवायु एजेन्डाहरू प्राप्त गर्ने तरिकाको प्रशंसा गर्छौं । नेपालले जलवायु एजेन्डा विशेष गरी हिमाली एजेन्डालाई जलवायुसम्बन्धी फोरमहरूमा पनि वकालत गर्दै आएको छ ।’ मन्त्री चौधरीले भन्नुभयो ।

भेटमा राजदुत रिना रिक्का हेक्काले नेपाल र फिनल्याण्ड विचको सम्बन्ध प्रगाढ बनाउन द्विपक्षीय विकासका लागि सहकार्य गरेर जाने बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार