मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

ई-पालिकाको पहिलो भर्जन सार्वजनिक

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
निन्जा इन्फोसिस प्रालीले लामोसमयसम्म अध्यन र अनुसन्धान गरि ई-पालिकाको पहिलो भर्जन आइतबार लन्च गरेको हो ।
१० अशोज २०७९, सोमबार

नेपालगन्ज । स्थानीय तहलाई डिजिटल बनाउनु पर्छ भन्ने अभियानमा लागेको निन्जा इन्फोसिस प्रालीले ई-पालिकाको पहिलो भर्जन लन्च गरेको छ ।

निन्जा इन्फोसिस प्रालीले लामोसमयसम्म अध्यन र अनुसन्धान गरि ई-पालिकाको पहिलो भर्जन आइतबार लन्च गरेको हो ।

ई-पालिकाको पहिलो भर्जन लन्च गर्दै कम्पनीका अध्यक्ष रमेश क्षेत्रीले कम्पनीले ४ वर्षको अनुसन्धान पछी ई-पालिकाको पहिलो भर्जन लन्च गरेको बताएका छन ।क्षेत्रीले पालिकाहरुलाई पेपरलेस प्रविधिमा जान पहिलो खुट्किलो को रुपमा ई-पालिका सत प्रतिशत सहयोगी हुने बताएका छन् ।

उक्त प्रणालीबाट सेवाग्राहीलाई घरमै बसी पालिकाले दिने सेवा, आवश्यक कागजात र लाग्ने समय सम्बन्धित व्यक्तिसहितको बिवरण उक्त प्रणालीबाट देख्न सकिने कम्पनीले दाबी गरेको छ ।

त्यस्तै ई-पालिका सफ्टवेयर भित्रै पर्ने 'डिजिटल नागरिक वडापत्र' पनि मोबाइलमा हेर्न सकिने कम्पनीले बताएको छ । 

निन्जा इन्फोसिस प्रालीले लन्च गरेको ई-पालिकाले सेवाग्राहीलाई सहज र कार्यालयलाई दिर्घकालिन अभिलेख राख्न सहज हुने कम्पनीका प्रबन्ध निर्देशक सगर देवकोटाले बताएका छन् ।

कम्पनीका अनुसार अब पालिकामा सेवा लिदा सेवाग्राहीले सहज महसुस गर्न सक्ने र घरमै मोबाईल एपमार्फत सबै आवश्यक कागजात, प्रक्रिया थाहा पाउन सकिने जसले गर्दा समयको बचत हुने दाबी गरेको छ भने सम्बन्धित पालिकासंग सिधा गुनासो दिन र कर्मचारीसंग कुरा गर्न पनि सक्ने कम्पनीले दाबी गरेको छ ।

आइतबार मात्रै लन्च गरेको ई-पालिकाको प्रहिलो भर्जनको बारेमा बताउदै कम्पनीका प्राविधिक शाखा प्रमुख (CTO) शिशिर राईले ई-पालिकाको तेस्रो भर्जनमा जादा स्थानीय तह पुर्णतया पेपरलेस र डिजिटल हुने बताएका छन् ।

राइले भने, 'हामीले पहिलो भर्जनमा कार्यपालिका, प्रशासन र वडाबाट प्रदान हुने सेवाहरु राखेका छौ, बाँकी दोस्रो र तेस्रो भर्जनमा पुरा पालिकालाइ डिजिटल बनाउने योजना रहेको छ ।'

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार