मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

बीओपी नरैनापुर र कटकुइया प्रहरी निरीक्षक महतो र पौडेललाई अध्यक्ष शाहले गरे स्वागत

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
प्रहरी निरीक्षक महतो स्वागत कार्यक्रममा बोल्दै नरैनापुर क्षेत्रमा हुने अपराधलाई न्युनिकरणका लागि स्थानिय सरोकारवालाहरुसंगको समन्वय र सहकार्यमा कृयाशिल हुने र नरैनापुरको शान्ती सुरक्षालाई चुस्त राख्नमा आफु सदैव प्रतिबद्ध हुने बताए ।
१ भाद्र २०७९, बुधवार

बाँके । बोर्डर आउट पोस्ट (बीओपी) नरैनापुर र कटकुइयाको कार्यालय प्रमुखको रुपमा आउनु भएका प्रहरी निरीक्षक नन्दकिशोर महतो, र दयाराम पौडेललाई एक कार्यक्रमका बीच नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले स्वागत गरेका छन ।

प्रहरी निरीक्षक महतो स्वागत कार्यक्रममा बोल्दै नरैनापुर क्षेत्रमा हुने अपराधलाई न्युनिकरणका लागि स्थानिय सरोकारवालाहरुसंगको समन्वय र सहकार्यमा कृयाशिल हुने र नरैनापुरको शान्ती सुरक्षालाई चुस्त राख्नमा आफु सदैव प्रतिबद्ध हुने बताए ।

मधेसी र मुस्लिमको बस्ती भएको ठाउमा बिकासको गति बढाउनका लागि अभियान संचालन गर्ने सोच भए पनि शान्ती सुरक्षाका दृष्टिले चुनौतीपुर्ण हुने भएकोले नरैनापुर सुरक्षाका हिसावले जोखिमयुक्त ठाउको रुपमा हेरिएको बताउदै कटकुइया बिओपिका प्रमुख प्रहरी निरीक्षक पौडेलले सबै पक्षको समन्वय र सहकार्य भएको अवस्थामा जस्तो सुकै कृयाकलापहरुको न्युनिकरण र नियन्त्रण हुने कुरामा बिश्वास ब्यक्त गर्नु भएको थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरमा हुने गैर कानुनी कृयाकलापहरुको निराकरणको लागि नरैनापुरबासीबाट सदैव सहयोग हुदै आइरहेको जानकारी गराउनु भएको थियो । अध्यक्ष शाहले नरैनापुर क्षेत्रमा हुने अबैध कृयाकलापहरुको अन्त्य गर्न नसकेपनि न्युनिकरण गर्नमा नव आगन्तुक प्रहरी निरीक्षक द्वय महतो र पौडेलको नेतृत्वमा रहेको सुरक्षा प्रशासनको महत्वपुर्ण भुमिका रहने बिश्वास ब्यक्त गर्दै अवैध कृयाकलाप हुने र हुन सक्ने क्षेत्रहरुको पहिचान गरी कडाईका साथ सुरक्षा गस्ती बढाउनु पर्नेमा सुझाव दिनु भएको थियो । अध्यक्ष शाहले प्रहरी निरीक्षकद्वयलाई नरैनापुरको डायरी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार