मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

लुम्बिनी पूर्वाधार विकास प्राधिकरणको सीईओमा पोखरेल नियुक्त

Youth Today News 1+ समाचार ( )
लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकारणको नयाँ प्रमुख कार्यकारी निर्देशकमा प्युठानका छबीराम पोखरेल नियुक्त भएका छन् ।
२ वैशाख २०७९, शुक्रबार

बुटवल । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकारणको नयाँ प्रमुख कार्यकारी निर्देशकमा प्युठानका छबीराम पोखरेल नियुक्त भएका छन् । लुम्बिनी प्रदेशिक अस्पतालको नयाँ भवन ठेक्का प्रकरणमा मुछिए पछि अनन्तराज घिमिरेले प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतबाट एकाएक टेन्डर रद्द गर्दै चैत १४ गते पदबाट राजीनामा दिएपछि रिक्त रहेको प्रमुख कार्यकारी निर्देशक (सीईओ)मा पोखरेल नियुक्त भएका हुन् ।

नव नियुक्त सीईओ पोखरेलले एक कार्यक्रमका बीच मुख्यमन्त्री कार्यालय बुटवलमा सपथ लिएका छन् । सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको पहिलो सपनाका रुपमा रहेको प्रदेशको राजधानीलाई निर्माणको योजनालाई पूर्णता दिन नव नियुक्त प्रमुख कार्यकारी निर्देशक पोख्रेललाई निर्देशन दिए । मुख्यमन्त्री केसीले प्रदेश राजधानी निर्माण प्रदेश सरकारको पहिलो योजना भएकाले त्यसलाई पूर्णता दिनका लागि पोखरेललाई निर्देशन दिए ।

उनले लुम्बिनी प्रदेशको निर्माणको क्षेत्रमा अन्य प्रदेश भन्दा अब्बल सावित हुन पोखरेललाई आग्रह गरे । नब नियुक्त प्रमुख कार्यकारी निर्देशक पोखरेल प्यूठान जिल्ला ओखरकोट निवासी हुन् ।

सपथ ग्रहणमा निर्देशक छवि पोख्रेलले लुम्बिनी प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्नका लागि तयार रहेको बताउँदै आफू पनि यही प्रदेशको भएकोले अर्को परिवर्तित सन्दर्भलाई सम्वोधन गर्नका लागि आफू तयार रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार