मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन
साझा प्रजातान्त्रिक प्यानललाई मतदाताले साथ दिने गरे प्रतिबद्धता

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
२९ श्रावण २०८०, सोमबार

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका उम्मेदवारहरुलाई घरवारीटोलका मतदाताहरुले नेतृत्वमा लैजाने प्रतिबद्धता जनाएका छन् । 

साझा प्रजातान्त्रिक समूहका उम्मेदवारहरुले आज नेपालगञ्जको घरवारीटोलका मतदाताहरुसंग भेट्ने क्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियार लगायतको समूहसँग घरवारीटोलका व्यवसायीहरुले संघको नेतृत्व नयाँ व्यक्तिले पाउनुपर्ने भन्दै आफूहरुको भोट परिवर्तनका लागि हुने जनाए । 

परिवर्तनका लागि नेतृत्व भन्दै आएको साझा प्रजातान्त्रिक समूह नै धेरैको रोजाईमा देखिएको छ । घरवारीटोलमा रहेका थोक तथा फुटकर व्यवसायीहरुले सधैं एकै क्षेत्रको नेतृत्व नभएर फरक क्षेत्रको समेत नेतृत्व हुनुपर्ने र अब रौनियारको नेतृत्व हेर्न चाहेको धारणा राखेका थिए । 

थोक तथा फुटकर व्यवसायीहरुको समस्या सम्बोधन गर्न सक्ने नेतृत्व प्रजातान्त्रिक समूह भएको हुँदा व्यवसायीहरुको साथ अब यो समूहलाई नै हुने एक व्यवसायीले भने । 

वाणिज्य संघको निर्वाचनमा यो पटक प्रजातान्त्रिक समूहतर्फ मतदाताको लहर देखिएको छ । सबैको समान सहभागिता र सबै अटाउने नेतृत्व भनेको प्रजातान्त्रिक समूह रहेको मतदाताहरुको भनाई छ । 

रौनियार नेतृत्वको समूहले मतदाताको घरदैलो अभियानलाई तिब्र बनाएको छ । निर्वाचनको मिति नजिकिएसंगै समूहले मतदातासंग भेट्ने र उनीहरुको समस्या सुनिरहेको छ । 

प्रचारलाई तिब्र बनाएका अध्यक्ष पदका उम्मेदवार रौनियारले घरबारी टोलका मतदाताले आफूहरुलाई साथ दिने बताएको बताए । त्यस्तै उद्योगतर्फका उपाध्यक्षका उम्मेदवार मो.सफिक बेहनाले मतदातामाझ राम्रैसंग परिचित रौनियारको समूहलाई यो पटक सबैतिरबाट साथ समर्थन रहेको पाइएको बताए ।

'हामीले सबै मतदाताको समस्या पनि सुनिरहेका छौं,' उम्मेदवार बेहनले भने-'यिनै समस्याहरु समाधानका निम्ति हामीले काम गर्ने हो ।'

आजको मतदातासँग्को भेटघाटमा साझा प्रजातान्त्रिक प्यानलबाट पूर्व मन्त्री सुरेन्द्रबहादुर हमालसहितको टोली खटिएको छ । संघको निर्वाचन यहीभा द्र २ गते हुँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार