मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

संबिधान दिवसको अवसरमा नेपालगन्जमा नागरिक उत्सव

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

बाँके । संबिधान दिवस २०८१ को अवसरमा नेपालगञ्जमा नागरिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

बास नेपालको आयोजनामा आज नेपालगञ्जको गणेशमान चौकमा नागरिक उत्सव कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यापक रुद्र प्रसाद तिमिल्सिनाले बिगतमा जारी भएका संबिधानहरुको चर्चा गर्दै २०७२ असोज ३ गते जारी संबिधानलाई बिश्वकै सर्बाेत्कृष्ठ संबिधान बनाउनका लागि सरकारमा रहेकाहरु ईमान्दार हुनु पर्ने बताउनु भयाे । 

कार्यक्रममा बोल्दै शिक्षाबिद् किरण आचार्यले बाँके बासी सुसिल कोईराला प्रधानमन्त्री भएको बेला जारी भएको संबिधानले सबै देशबासीहरुलाई समेटेको जिकिर गर्नुभयो । 

कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार पूर्णलाल चुकेले एउटा तानाशाहलाई फालेर आएको संबिधानमा टेकेर सयौं तानाशाहहरु नजन्मिन दिनका लागि खवरदारी गर्नुपर्ने धारणा राख्नु भएको थियो । 

शिक्षक हेमन्तराज काफ्लेले नेपालको संबिधान २०७२ बिश्वकै सर्वाेत्कृष्ठ संबिधान भएको उल्लेख गर्दै देशको मुल कानुन संबिधान नमान्नु, संबिधान दिवसलाई कालो दिवस मनाउनु अराजकताको उपज भएको संज्ञा दिनु भयो ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट आएको संबिधानले सबै नेपालीहरुको भावना समेटेको बताउनु भयाे । कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, सर्बसाधारणहरु सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार