नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा चौथो अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
शनिबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जमुनीले १५ स्वर्ण सहित चौथो अध्यक्षकप तथा राष्ट्रपति रनिंगशिल्डको उपाधि जितेको हो ।
चौथो अध्यक्षकप तथा राष्ट्रपति रनिंगशिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय मटेहिया दोस्रो र आदर्श माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गरेको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जानकारी दिएको हाे ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खेलकुदले विद्यार्थीहरुमा अनुशासनको पालनासँगै आपसी सद्भाव कायम हुने विश्वास समेत व्यक्त गर्नुभएकाे छ ।
खेलकुदले पालिकाको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुराउन सहयोग गर्ने अध्यक्ष शाहले जिकिर गर्नुभयाे ।
चौथो अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनु भयाे ।
गाउँपालिकले शिक्षासँगै खेलकुदलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियाे । भलिबल, कबड्डी, एथलेटिक्स्, दौड, उफ्रिने, हाइजम्प लङ्गजम्प खेल प्रतियोगितामा समावेश गरिएको थियो ।
प्रतियोगितामा पालिकाका १० वटा विद्यालयहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख कृष्ण चौधरीले जानकारी दिनु भयो । प्रतियोगिताको प्रशिक्षक जनक केसी, नरहरिनाथ योगी लगायत रहनु भएको थियो ।