मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

विपद जोखिम व्यवस्थापनका लागि अन्तर-प्रदेश स्रोत सामूहीकरण कार्यशाला नेपालगञ्जमा सुरु

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१८ अशोज २०८०, बिहीबार

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि दुई दिने विपद जोखिम व्यवस्थापनका लागि अन्तर-प्रदेश स्रोत सामूहीकरण कार्यशाला सुरु भएको छ । लुम्बिनी प्रदेश गृह मन्त्रालयको आयोजना र भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)को सहयोगमा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको हो ।

लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका सरोकारवालाहरुको सहभागिता रहेको कार्यशालामा स्रोतलाई केन्द्रिकृत गर्न सहयोग पुर्याई प्रयोगकर्ताहरूलाई स्रोतहरू (मौद्रिक, भौतिक, जनशक्ति वा अन्य स्रोत) को अधिकतम् लाभ वा जोखिम न्यूनीकरण गर्ने विषयमा छलफल गरिने लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबाबु कवारीले बताए । कवारीका अनुसार अन्तर-प्रदेश र अन्तर-पालिका स्रोत सामूहीकरण वा संकलन, स्रोतको बाँडफाँड, प्रयोग गर्न स्पष्ट कानूनी प्रावधानहरू सहितको सरोकारवालाहरूको भूमिका, जिम्मेवारी, प्रभावकारी समन्वय र सूचना संयन्त्रको आवश्यक व्यवस्था लगायतका विषयमा अभिमुखीकरण गरिनेछ ।

नेपालको सन्दर्भमा विपद् प्रतिकार्यका लागि स्रोतसाधनको सामूहीकरण गर्न छिमेकी प्रदेश र पालिकाबीच स्रोत संकलन संयन्त्र प्रभावकारी हुन आवश्यक रहेको कवारीले बताए । कार्यशालामा नेपाल सरकारका पूर्व सचिव एवम् विषय विज्ञ शंकर कोइरालाले विपद जोखिम व्यवस्थापनका लागि अन्तर-प्रदेश स्रोत सामूहीकरणका विषयमा सहजीकरण गरिरहेका छन् ।

धेरै अध्ययन र विपद् प्रभाव मोडेलहरूले नेपालमा प्रकोपबाट गम्भीर प्रभाव पार्ने अनुमान गरेका छन् । डरहम युनिभर्सिटीले गरेको एउटा अध्ययनले विभिन्न म्याग्निच्युड प्रयोग गरी भूकम्पको प्रभावको अनुमान गरेको छ । अध्ययनको एक अनुमानित परिदृश्यले पश्चिम क्षेत्रका विभिन्न प्रान्तमा प्रभावसहित ७.८ म्याग्निच्युडको भूकम्पको सम्भावना देखाएको छ। भूकम्पको सम्भावित परिदृश्यमा क्षतिग्रस्त सडक, ट्रेल र पुलहरूका कारण पश्चिम क्षेत्रमा पहुँच नराम्ररी प्रभावित हुने अनुमान गरिएको छ। मध्यमदेखि ठूला स्तरका घटनाहरू भएमा स्थानीय स्रोतहरूले बढ्दो माग पूरा गर्न नसक्ने भएकाले भौगोलिक र प्रशासनिक सिमाना भन्दा बाहिरको सहयोग चाहिने भन्दै अन्तर-प्रदेश स्रोत सामूहीकरणमा जोड दिइएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सहरी पूर्व तयारी, भूकम्प पूर्व तयारी र प्रतिकार्यमा सहरी तयारी सुदृढीकरण गर्न सुपर आयोजनाले काम गरिरहेको छ । प्रभावकारी समन्वय र प्रतिक्रिया संयन्त्र हुनुको महत्त्वलाई स्वीकार गर्दै विद्यमान प्रतिक्रिया संयन्त्रको दक्षता र प्रभावकारिताको आवधिक परीक्षणको लागि सुपरद्वारा सिमुलेशन अभ्यासहरू गरिएको छ । यसैक्रममा लुम्बिनी प्रदेशको नेपालगञ्ज उपमहानगरपालिकामा अन्तरप्रदेशीय सिमुलेसन अभ्यास गर्न कार्यशाला आयोजना गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार