मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |
मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |


बाटोमै बच्चा जन्मिएपछि वडा अध्यक्षले गरे सुत्केरीको उद्धार, चालु आर्थिक वर्षमा ११ जना सुत्केरी मृत्यु

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२१ पौष २०८१, आइतबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाकि एक महिला सुत्केरी हुन सिमावर्ती भारतीय बजारमा रहेको स्वास्थ्य संस्था जाने क्रममा बाटोमै बच्चालाई जन्म दिएको छिन् । नरैनापुर–२ , लक्ष्णपुर कि २६ वर्षीया उषादेवी भुजुवाले सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था जानेक्रममा बाटोमै छोरी जन्माएकी हुन् । 

सुत्केरी व्यथा लागेपछि भुजुवा आफ्नो श्रीमान संगै भारतीय स्वास्थ्य संस्थामा जाँदै गर्दा बाटोमै छोरी जन्मिएको नरैनापुर ३ का वडा अध्यक्ष अजय मिश्रले बताउनु भयो । उहाँले भन्नुभयो ‘भारतको बहराइचबाट उपचार गराएर फर्किने क्रममा राप्ती बैराजको नहरमा एक महिला चिच्याई रहेको आवाज सुने पछि गाडी रोकेर हेर्दा सुत्केरी व्यथा लागेको अवस्थामा देखेपछि सहयोग गरें।’

बच्चा जन्माइसकेपछि अत्यधिक रक्तस्राव भएकाले उनलाई वडा अध्यक्ष मिश्रले "गाडीमा रहिकि एक जना महिलाको सहयोगमा उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा पठाएका थिए ।" अहिले जन्मिएकी छोरी चौथो सन्तान भएको भुजुवाले बताउनु भयो । तीनवटै सन्तान घरमा जन्माएको भुजुवाको भनाई छ ।

भुजुवाले भारतीय स्वास्थ्य संस्थामा बच्चा जन्माए पछि कपडा लगायतको सामग्री पाइने भएकाले त्यस तर्फ जाने क्रममा बच्चा जन्मियो । उहाले भन्नुभयो अब प्रलोभनमा परेर कहिले पनि बच्चा जन्माउने उद्देश्यले भारत नजाने र अरुलाई पनि नजान सुझाव दिदै नेपाल कै स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन आग्रह गर्नु भयो । भुजुवा मात्र नभई नरैनापुरका धेरै महिला घरमा नै बच्चा जन्माउन बाध्य छन् ।

बाटोमै जन्माएको शिशु काखमा राखेर रगतले लतपतिएको अवस्थामा भुजुवा स्वास्थ्यचौकी पुग्नु भयो । उहाँले भन्नुभयो, ‘सुरुमा त घरमै सुत्केरी भइहालिन्छ भनेर सोचें । धेरै अप्ठेरो भएपछि भारतीय स्वास्थ्य संस्था जाने तयारी भयो। टाढाको बाटो। स्वास्थ्य संस्थामा नपुग्दै बाटोमै बच्चा जन्मियो। धन्न भगवानले वडा अध्यक्षलाई पठाइ दिनु भयो, वडा अध्यक्षले हामीलाई बचाए।’ स्वास्थ्य संस्थामा प्राथमिक उपचार गराएर आमा र बच्चा घर फर्किएको स्वास्थ्य संस्थाले जनाएको छ ।

नरैनापुरमा गत आर्थिक वर्षमा १३ सय ९५ जनाले स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माएको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिनु भयो । 

बाँकेमा ४ वर्षयता ७१ सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित जाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुर्‍याउँदा यस्तो हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा ११ जना, आर्थिक वर्ष २०८०-८१ मा १८, आर्थिक वर्ष २०७९-०८० मा २० जना र आर्थिक वर्ष २०७८-७९ मा २२ जना गर्भवती, सुत्केरी आमाको मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी स्वास्थ्य संस्थाको पहुँचमा रहेको नेपालगन्जकै गर्भवती-सुत्केरीको मृत्यु भएको तथ्याङ्क छ । गत आर्थिक वर्षमा मृत्यु भएका १८ मध्ये नेपालगन्ज उपमहानगरपालिका ७, खजुरा गाउँपालिकाका २, डुडुवा गाउँपालिकाका २, नरैनापुर गाउँपालिका ३, राप्तीसोनारी गाउँपालिकाका २ र बैजनाथ तथा कोहलपुरका १-१ जना छन् । 

यसरी मृत्यु हुने १८ जनामध्ये सबैभन्दा बढी १६ जना मधेसी र मुस्लिम समुदायका महिलाहरू रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । श्रेष्ठले भन्नुभयो, "नियमित स्वास्थ्य चेकजाँच नगराउने, गर्भवती भएको थाहा हुने बित्तिकै स्वास्थ्य संस्थामा नजाने, स्वास्थ्यकर्मीले सुझाव दिए अनुसार स्वास्थ्य परीक्षण नगराउने प्रवृत्ति बढी मधेशी र मुस्लिम समुदायमै छ ।" 

चेतनाको अभावले उचित स्याहार सुसार, पोषण र गर्भवतीमा स्वास्थ्य समस्या देखिँदा समयमै अस्पताल नलगेका कारण पनि मातृ मृत्यु नियन्त्रण हुन नसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले बाँकेमा आर्थिक बर्ष २०७९-०८० मा १४२, २०८०-०८१ मा १४८ र चालु आर्थिक वर्षको ७ महिनामा ३५ जना नवजात शिशुको मृत्यु भएको जानकारी दिनु भयो ।

प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा कार्यरत स्टाफ नर्स तारा सिंहका अनुसार घर नजिकै सुविधा सम्पन्न स्वास्थ्य संस्था भए पनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको छ । उहाँले पहिला सुत्केरी हुनुअघि मृत्यु हुने गरेको थियो अहिले भने सुत्केरी भइसकेपछि मृत्यु भइरहेको पाइएको बताउनुभयो । 

उहाँले भन्नुभयो,"बच्चा पाएको ४२ दिन सम्मलाई सुत्केरी मानिन्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको छ ।", अझै धेरै जनचेतना फैलाउनुपर्ने आवश्यकता नरैनापुरका स्वास्थ्यकर्मीले औल्याएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार