मुख्य समाचार
४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन | एमालेसँग चुनावी तालमेलको सहमति भइसकेको प्रचण्डको दाबी |
मुख्य समाचार
४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन | एमालेसँग चुनावी तालमेलको सहमति भइसकेको प्रचण्डको दाबी |


कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते हुने

यूथ टुडे समाचारदाता 3692+ समाचार ( )
२७ चैत्र २०८१, बिहीबार

बाँके । नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन यही चैत ३० गते नेपालगञ्जमा हुँदैछ । नेपालगञ्जको भवानियापुरस्थित सिटी हलमा हुने जिल्ला सम्मेलनको प्रमुख अतिथिका रुपमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कांग्रेस बाँकेले आज विहान पार्टी कार्यालय नेपालगन्जमा पत्रकार सम्मेलन गरी सम्मेलन तयारीबारे जानकारी दिएको छ । 

सभापति नारायण प्रसाद गौडेलले सम्मेलनमा विशिष्ट अतिथि सहमहामन्त्री किशोर सिंह राठौर, अतिथिहरु केन्द्रीय सदस्य दिपक गिरी, गोपाल दहित, डा. गोविन्द पोखरेल, मैकुलाल बाल्मिकी, सञ्जय गौतम, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, लुम्बिनी प्रदेश सह-महामन्त्री निमा गिरी, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ्ग, राष्ट्रिय सभा सदस्य युवराज शर्मा लगायतका नेता गणहरु सहभागी हुने जानकारी दिनुभयो ।  

सम्मेलनमा बार्षिक नीति तथा कार्यक्रम र सांगठानिक तथा आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत हुनेछ । नीति तथा कार्यक्रम पार्टी सभापति गौडेल, सांगठनिक प्रतिवेदन सचिव सुधांशु कोइराला र आर्थिक प्रतिवेदन कोषाध्यक्ष यज्ञ बहादुर बस्नेतले प्रस्तुत गर्नेछन् । 

यसअघि गत चैत १५ गते बसेको नेपाली कांग्रेस बाँकेको कार्यसमिति बैठकले जिल्ला सम्मेलनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम तथा सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको थियो । सभापति गौडेलका अनुसार जिल्ला सम्मेलनमा प्रस्तुत हुने उक्त प्रतिवेदनहरु संशोधनसहित पास भएपछि त्यसले आधिकारिकता मान्यता पाउनेछ । 

जिल्ला सम्मेलनमा प्रस्तुत हुने नेपाली कांग्रेस बाँकेको नीति तथा कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, सामाजिक तथा विकास निर्माण, सम्मान, सूचना, सम्पर्क, समन्वय र प्रचारप्रसार, आर्थिक व्यवस्थापन, निर्माणाधीन सुशील कोइराला स्मृति भवन लगायतका गहन तथा महत्वपूर्ण विषयहरु समेटिएका छन् । सभापति गौडेलका अनुसार नीति कार्यक्रममा जिल्ला सभापतिसंग पालिका संवाद कार्यक्रम गर्ने, तरुणसंग कांग्रेस अभियान संचालन गरी विभिन्न वडा, पालिका, क्षेत्र र जिल्लामा रहेका तरुण युवाहरुलाई प्रशिक्षण दिने, तरुण युवाहरुको व्यापक सहभागितामा सुशील कोइराला स्मृति दिवसको अवसरमा हरेक वर्ष जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता संचालन गर्ने, महिला हिंसा, घरेलु हिंसा, छुवाछुत, लैंगिक विभेद, बोक्सी र छाउपडी लगायतका सामाजिक कुरीति र अन्धविश्वास विरुद्ध जनचेतना बढाउने लगायतका विषयहरु समेटिएको सभापति गौडेलले बताए । 

त्यस्तै जिल्ला सम्मेलनमा सचिव कोइरालाद्वारा प्रस्तुत गरिने सांगठानिक प्रतिवेदनमा सदस्यता वितरण, नविकरण, भ्रातृ संस्थाहरुको उचित व्यवस्थापन तथा परिचालन लगायतका एजेण्डा समेटिएका छन् । यसैगरी जिल्ला सम्मेलनमा कोषाध्यक्ष बस्नेतले २०८१ साउन १ गतेदेखि २०८१ चैत १२ गतेसम्मको आय-व्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । 

तेस्रो जिल्ला सम्मेलनमा पार्टीको सांगठनिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्ति , जग्गादाता, उत्कृष्ट वडा सभापति, भ्रातृ संस्थालाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान गर्ने अध्यक्षहरु, प्रजातन्त्र सेनानी, दुई जना पत्रकार लगायतलाई सम्मान गर्न लागिएको सभापति गौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

जिल्ला सम्मेलनलाई व्यवस्थितरुपमा सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा विभिन्न उपसमितिहरु समेत निर्माण गरिएका छन् । तीन उपसमितिहरुले आफूले पाएको जिम्मेवारी अनुसार धमाधम काम गरिरहेको सभापति गौडेलले बताए ।

सचिव सुधांशु कोइरालाले संचालन गरेको पत्रकार सम्मेलनमा जिल्ला उपसभापतिद्वय गोपाल अधिकारी, कृष्ण कार्की, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव रेनु सिंह ठाकुर, प्रबक्ता डिल्ली गिरी, महासमिति सदस्यहरु लक्ष्मी नारायण शाह, फुलाराम थारु, उमा थापा मगर, जिल्ला सदस्य मन प्रसाद आचार्य लगायत उपस्थित थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार