मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा गम्भीर छलफल

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
५ अशोज २०८०, शुक्रबार

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवाहरूलाई आज गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गर्नुभएको छ। त्यसक्रममा उहाँले विश्वकै मौलिक धार्मिक सहिष्णुता भएको नेपालमा निहित उद्देश्यका कतिपयले धार्मिक उद्दण्डता देखाएर परिस्थिति भड्काउन खोजेको हुनसक्ने तर त्यसको प्रशासनिक भन्दा पनि समुदायगत समाधान दीर्घकालीन र प्रभावकारी हुने आफ्नो मान्यता सुनाउनुभयो। मुलुकको एकता र सार्वभौमिकताका लागि धार्मिक एवम् सामुदायिक एकता अपरिहार्य भएको र अगुवाहरूको त्यस पहलले समुदायमा सचेतता फैलिने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।

उपस्थित हिन्दु, बौद्ध, मुस्लिम र क्रिश्चियन धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमुखहरूले धार्मिक सद्भावका लागि संयुक्त अपिल नै जारी गरेका छन्। गृहमन्त्री श्रेष्ठसँगको छलफल लगत्तै जारी अपिलमा भनिएको छ:

"नेपाल एक सार्वभौमसत्ता सम्पन्न बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देश भएको व्यहोरा हामी सबैमा अवगतै छ। कुनैपनि धर्म, सम्प्रदाय, जाति, क्षेत्र एवं लिङ्गको आपसी सम्मान अभिवृद्धि गर्नु, आपसी सद्भाव कायम गर्नु, अर्को धर्म सम्प्रदायप्रति घृणा द्वेष फैलिने कुनैपनि कार्य नगर्नु, अर्को धर्म सम्प्रदायको आत्मसम्मानमा चोट पुग्ने कुनैपनि गतिविधि नगर्नु हाम्रो धार्मिक संस्कारको मूल आधार विगतदेखि रही आएको छ। तथापि विगत केही दिन यता देशका विभिन्न भागमा धर्म, जाति, सम्प्रदायको आधारमा एक अर्काप्रति घृणा र द्वेष फैलाउने, फरक धर्म, जाति तथा सम्प्रदायलाई चोट पुग्ने गरी गतिविधिहरु गर्ने मात्र नभई कतिपय ठाउँमा उच्छृङ्गल तथा अराजक रुपमा प्रस्तुत भई फरक धर्म सम्प्रदायको आस्था, व्यवहार, संस्कार र प्रचलनमा आघात पुन्याउने गतिविधि देखा परेको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको इतिहास, परम्परा र विगतदेखि नै एक आपसमा मिलिजुली बस्ने सद्धभावपूर्ण समाजलाई विथोल्ने गरी धर्म तथा सम्प्रदायका नाममा हुने गरेका असंवैधानिक तथा गैरकानूनी क्रियाकलापप्रति हाम्रो गम्भीर असहमति रहेको छ । यस प्रकारका कुनैपनि असंवैधानिक तथा गैरकानूनी क्रियाकलापमा कोही पनि जान अन्जानमा सहभागी नहुन र धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्धभाव प्रबर्द्धन गर्न क्रियाशिल रहन सबैमा आव्हान गर्दछौं।"

अपिलमा विश्व हिन्दु महासंघ राष्ट्रिय समिति, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति, नेपाल सनातन धर्म संस्कृति संगठन, हिन्दु जागरण नेपाल, विश्व हिन्दु परिषद् नेपाल, श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल बौद्ध महासंघ, नेपाल तामाङ बौद्ध गुम्बा सेवा समाज, नेपाल परम्परागत बौद्ध धर्म संघ, अखिल नेपाल भिक्षु महासंघ, इस्लामी संघ नेपाल, नेपाल मुस्लिम संघ, नेपाल मुस्लिम इत्तेहाद संगठन, मुस्लिम मुक्ति मोर्चा नेपाल, मर्कजी जमियत अहले हदिस, जमियत उलेमा-ए नेपाल, राष्ट्रिय क्रिश्चियन महासंघ नेपाल, नेपाल क्रिश्चियन सोसाइटी, नेशनल चर्च फेलोसिभ अफ नेपाल राष्ट्रिय नेपाली इसाई मण्डली एकता परिषद्, नेशनल सास्टर काउन्सिल नेपाल, नेपाली इसाई नागरिक संघ र नेपाल वाइबल सोसाइटीका अध्यक्ष, प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार