मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

लुम्बिनी प्रदेश स्तरीय ३ दिने स्कुलिङ कोहलपुरमा सुरु

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
कार्यकर्तामा नयाँ रक्त सञ्चार गर्न देशभर स्कुलिङ चलाउँदै माओवादी केन्द्र
२६ चैत्र २०७९, आइतबार

कोहलपुर । नेता कार्यकर्तामा वैचारिक स्तर खस्केको भन्दै नेकपा माओवादी केन्द्रले जनता र कार्यकर्ता लाई प्रशिक्षित गर्नका लागी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

सोही अभियान अन्र्तगत माओवादी केन्द्र लुम्बिनी प्रदेश स्कुल विभागले आइतबार देखि ३ दिने स्कुलिङ सुरु गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेश उपाध्यक्ष एवं स्कुल विभाग प्रमुख दुर्गा बहादुर थारू कविरले जानकारी दिए । ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १ सय ९ पालिका र बिभिन्न जवस र मोर्चाका गरि १ सय २५ जनाको सहभागिता रहेको माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।

सो कार्यक्रमको उद्घाटन गर्दै माओवादी केन्द्र स्कुल विभाग प्रमुख पार्टी उप महासचिव गिरिराजमणि पोख्रेलले कार्यकर्तामा वैचारिक स्तर खस्केको महसुस गरि देश भर कार्यकर्ता र जनताको तह सम्म माक्सवाद बारे प्रशिक्षित गर्ने अभियान सुरु गरिएको बताए । उनले ४ तहको पाठ्यक्रम तयार पारेर प्रशिक्षण अभियान चलाइएको जानकारी दिए । उनले केन्द्र , प्रदेश र पालिका तह सम्मको स्कुल विभाग लाई सक्रिय भएर काम गरि रहेको भन्दै यसले पाटीमा नयाँ रक्त सञ्चार गरेको बताए ।

सोही कार्यक्रममा बोल्दै स्कुल विभाग सचिव एवं युवा नेता रामदीप आचार्यले माओवादी केन्द्रले कमी कमजोरीको समीक्षा र सच्चिने प्रतिबद्धता सहित स्कुलिङ विभागले बिचार र दर्शनमा जागरण अभियान सुरु गरेको बताए । पठनीय संस्कृतिमा कमी आएको भन्दै उनले सही दृष्टिकोणले मात्रै सही निकास दिने भन्दै त्यसका लागी वैचारिक प्रष्टता आवश्यकता पर्ने बताए । पहिलो चरणमा पालिका स्तर सम्म प्रशिक्षकहरू तयार पर्ने गरि काम भई रहेको उनको भनाई छ ।

उनले सबै जिल्लाको प्रतिनिधित्व हुने गरि केन्द्रमा एक तहको स्कुलिङ सम्पन्न गरिएको बताउनै दोस्रो चरणमा प्रदेश स्तरमा स्कुलिङ भई रहेको जानकारी दिए । प्रदेश पछि जिल्ला जिल्ला र पालिका स्तरमा स्कुलिङ कार्यक्रमहरू बनाइने जानकारी दिए । स्कुलिङ पहिलो दिन गिरिराजमणि पोख्रेल , मार्क्सवादी अध्येयता रमेश कुमार सुनुवार , कमल चुदाली , पुरन केसी लगायतले प्रशिक्षण दिएका थिए ।

सोमवार युवा नेता रामदीप आचार्य , माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल , लेखनाथ न्यौपाने , प्रभुराम तामाङ लगायतले प्रशिक्षण दिने बताईएको छ ।

कार्यक्रममा माओवादी स्थाई समिति सदस्य पुर्ण कुमारी सुवेदी , केन्द्रीय सदस्य अन्जना थारू , कृष्णा केसी नमुना नरेन्द्र न्यौपाने , प्रदेश सहसचिव अकल बहादुर बम लगायत नेताहरूको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार