मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

कैलाली कारागारमा कैदीबन्दीहरूबिच झडप एक जनाको मृत्यु

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
कारागार कैदीहरुको नियन्त्रणमा
२५ श्रावण २०८२, शनिबार

धनगढी । कैलाली जिल्ला कारागारमा गएराति कैदीबन्दीहरूबिच भएको झडपमा एक जनाको ज्यान गएको छ भने ४७ जना घाइते भएका छन्। घटनाले कारागारभित्रको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। घटना गएराति करिब ११ बजे भएको थियो जब कैदीबन्दीहरू दुई समूहमा बाँडिएर आपसमा भिडेका थिए।

कसरी भयो घटना ?

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार प्रारम्भिक अनुसन्धानमा कैदीबन्दीहरूका दुई समूहबिच मनमुटाव बढेर झडपको अवस्था सिर्जना भएको देखिन्छ।

'कैदीहरूका 'ए' ब्लक र 'बी'ब्लकका समूहबिच झगडा भएको भन्ने अपुष्ट जानकारी आएको छ। हामी घटनाको गहिरो अनुसन्धान गरिरहेका छौँ।' राति भएको उक्त झडपमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।

घाइतेहरूको अवस्था कस्तो छ ?

झडपमा घाइते भएका ४७ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले उनलाई आईसीयूमा राखेर उपचार गरिँदैछ भने अन्यको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

कारागारको सुरक्षा र प्रशासनको भूमिका

क्षमताभन्दा बढी कैदीबन्दी रहेको कैलाली कारागारमा सुरक्षा चुनौती पहिलेदेखि नै थियो। करिब साढे ६ सयभन्दा बढी कैदीबन्दी रहेको उक्त कारागारमा यति ठूलो घटना हुनुले सुरक्षा व्यवस्थाको कमजोरीलाई प्रष्ट पारेको छ।

प्रमुख प्रशासकीय अधिकृत जोशीले घटनालाई दुःखद भन्दै यस विषयमा गम्भीर छानबिन सुरु भइसकेको बताए। 'यो घटना कसरी र के कारणले भयो भन्ने विषयमा हामीले अनुसन्धान टोली बनाएर काम अघि बढाएका छौँ,' उनले भने, 'दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइनेछ र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विशेष सुरक्षा योजना बनाइनेछ।'

यो घटनाले कारागारभित्र लागूऔषधको कारोबार र समूहगत गुन्डागर्दीजस्ता विकृति मौलाएको हुनसक्ने आशंकालाई थप बल पुर्‍याएको छ। बेला बेला यस्ता घटना कारगारमा हुँदा सुरक्षा व्यवस्था सम्वन्धी गम्भीर प्रश्न उठेको छ। यो घटनाको बिस्तृत जानकारी अनुसन्धानपछि मात्रै सार्वजनिक हुने प्रशासनले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार