मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

बाँके । दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संघर्ष समितिले जामा मस्जिदमा भएको आर्थिक अनियमितता सम्बन्धि विवाद सम्वाद र छलफलको माध्यमबाट समाधान गरी एक साता भित्रै निर्वाचनको मिति तोक्न माग गरेको छ । संर्घष समितिले बिहिबार पूर्वनिर्धारित कार्यक्रम बमोजिम नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ को कार्यालयमा पुगेर जामा मस्जिदको अबिलम्ब निर्वाचन गराउन माग गर्दै वडा अध्यक्ष अयुब सिद्धिकिलाई ज्ञापनपत्र बुझाएको छ । 

समितिले अबिलम्ब माग पुरा नगरे वडा कार्यालयमा तालाबन्दी गरी जिल्ला प्रशासन कार्यालय बाँकेको सम्पुर्ण काम ठप्प पार्ने चेतावनी दिएको छ । 

जामा मस्जिदले पटक पटक साधारण सभा गरेर निर्वाचनको मिति नतोकी अबैधानिक तरिकाले संचालक समिति निर्माण गरिदै आएकोले देशको कानुनको अधिनमा रहि १० बर्ष देखि अर्निणयको  बन्दी बनेको जामा मस्जिदको निकाश खोज्न संघर्ष समितिले माग गरेको छ ।

मुस्लिम समुदायको केहि ठेकेदारहरुले  समस्या मात्र सिर्जना गर्ने तर समाधानको वाटो नखोज्ने प्रवृतिका कारण वर्तमान अन्यौलताको अवस्था सिर्जना भएको संघर्ष समिति सह- संयोजक किस्मत अलि शेषले बताउनु भयो । 

उहाँले अबैधानिक समितिको पछिल्लो घटनाक्रमले संस्थाको गरिमामाथि आघात पुगेको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो  ।

“पटक पटक तोकिएको मितिमा निर्वाचन नगर्ने, निर्वाचन समितीका संयोजक र सदस्यहरुले नै अबैधानिक तरिकाले संचालक समिति बसेर नयाँ समिति गठन भएको जिल्ला प्रशासन कार्यालय बाँकेलाई गराए विवादले उग्र रुप लिएको हो ।

जनताको निरन्तरको दबाब पछि उक्त समितिले राजिनामा दिने केहि ठेकेदारहरुको सल्लाह बमोजिम प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पूर्व अध्यक्षहरुको नेतृत्वमा समिति गठन गर्नु लगायत कार्यले पछिल्लो घटनाक्रमले जामा मस्जिदको बैधानिक संकटमा लग्दै संस्थाको गरिमामा नै आधात पुग्ने काम भएको छ” संर्घष समितिका प्रवक्ताले भन्नुभयो,”मुस्लिम अधिकार रक्षाको एउटा सवल संस्था दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको गरिमालाई थप उचाइमा पुर्याउन समेत निर्वाचन आवश्यक छ।”

आज नेपालगञ्ज भएको प्रदर्शनका क्रममा मुस्लिमहरुले रहमान मियाँलाई राजिनामा दिएर समयमा निर्वाचन सम्पन्न गराउन आग्रह गर्दै निर्धारित समयमा निर्वाचनको सुनिश्चित गर्न सरोकारवाला संग समन्वय गरेर आबश्यक बाताबरण तयार गर्न संघर्ष समिति प्रतिबद्ध रहेको समेत जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार