मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

महेन्द्र शिशु माध्यमिक विद्यालयमा आधुनिक पुस्तकालय सञ्चालन

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२१ पौष २०८२, सोमबार

टीकापुर । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ स्थित महेन्द्र शिशु माध्यमिक विद्यालयमा आधुनिक पुस्तकालय सञ्चालनमा आएको छ । 

पुस्तकालयमा १० हजार भन्दा बढी पुस्तक सहितको ई–लाईब्रेरी र पाठ्यपुस्तक सहितको आधुनिक पुस्तकालय सञ्चालनमा आएको हो । 

साहित्यकार स्वर्गीय गगनसिंह थापाको स्मृतिमा सञ्चालित गगन फाउण्डेसनको संयोजनमा स्थापना गरिएको उक्त पुस्तकालय विद्यार्थी र शिक्षकको पठन–पाठन, अध्ययन–अध्यापनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले पुस्तकालय सञ्चालनमा ल्याइएको हो । 

पुस्तकालयमा राखिएका चार हजारभन्दा बढी नयाँ पाठ्य सामग्रीसहितका पुस्तकहरू तथा ई–लाइब्रेरीमार्फत १० हजारभन्दा बढी पुस्तकहरुले विद्यार्थीहरूलाई थप अध्ययनमा मद्दत पुग्नेछ । 

पुस्तकालयलाई आधुनिक रूपमा व्यवस्थित गर्न नेपाल लाइब्रेरी फाउण्डेसनले प्राविधिक सहयोग प्रदान गरेको हो । पुस्तकालय सञ्चालनका लागि विद्यालयमा एक हप्तादेखि शिक्षक तथा कर्मचारीलाई पुस्तकालय व्यवस्थापन, ई–लाइब्रेरी सञ्चालन र डिजिटल स्रोत प्रयोगसम्बन्धी तालिम तथा कार्यशाला सञ्चालन गरिएको थियो ।

पुस्तकालय निर्माणका लागि अफ्रिकाको युगान्डास्थित रुपारेलिया फाउण्डेसनले आर्थिक सहयोग गरेको हो । 

पुस्तकालयको उद्घाटन  गर्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बालबालिकाको भविष्य उज्यालो बनाउन पुस्तकालयले थप सहयोग पुग्ने बताए । ‘पुस्तकालयको प्रभावकारी सञ्चालनले बालबालिकाको भविष्य उज्यालो बनाउन मद्दत पुग्नेछ’ अध्यक्ष चौधरीले भने ‘पालिकाले समेत सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’ 

कार्यक्रममा बोल्दै गगन फाउण्डेशनका संरक्षक हिक्मत थापाले आफूले अध्ययन गरेको विद्यालयमा पुस्तकालय स्थापना गर्न पाउँदा खुशी लागेको बताए । ‘आजको विश्व प्रविधिमा आधारित भइरहेको छ, पुस्तकालयले विद्यार्थीलाई  पाठ्यक्रमका साथासाथैं  बाहिरी ज्ञान प्राप्त गर्न   सहयोग पुग्नेछ’ थापाले भने ‘विद्यालयको गुणस्तरका साथै पुस्तकालयको नियमित सञ्चालन र व्यवस्थापनमा विद्यालय प्रशासनले ध्यान दिनुपर्दछ ।’

गगन फाउण्डेसनले रुपारेलिया फाउन्डेसन, युगान्डा तथा नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा जानकी गाउँपालिका वडा नं. ९ स्थित अरुणोदय माध्यमिक विद्यालय खैरिफाँटा र टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा समेत ई–पुस्तकालयसहितका आधुनिक पुस्तकालय निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान संकायका डिन डाक्टर विष्णुविलास अधिकारी, नेपाल लाइब्रेरी फाउण्डेशनका महासचिव धनकुमार श्रेष्ठ, पत्रकार भुवनेश्वर अधिकारी, विद्यालयका प्रधानाध्यापक खगेन्द्रप्रसाद उपाध्याय लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन  शिक्षक बमबहादुर धामीले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार