मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जानकीमा ‘समुदाय प्रहरी पालिका समिति’ पुनर्गठन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१८ चैत्र २०८२, बुधवार

बाँके । नेपाल प्रहरीले अघि सारेको समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत जानकी गाउँपालिकामा ‘समुदाय प्रहरी पालिका समिति’ पुनर्गठन गरिएको छ। इलाका प्रहरी कार्यालय खजुराखुर्दको पहलमा गाउँपालिका अध्यक्ष छब्बन खाँको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको पुनर्गठनसँगै गाउँस्तरमा शान्ति सुरक्षा, अमनचयन कायम राख्ने, अपराध न्यूनीकरण गर्ने तथा समाजमा सकारात्मक प्रहरी–नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्य राखिएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले टोलटोलमा शान्ति सुरक्षा सुदृढ पार्न तथा अपराध नियन्त्रण र निर्मूल पार्न नेपाल प्रहरीले ल्याएको यो अवधारणाप्रति खुशी व्यक्त गर्नुभयो। उहाँले समुदाय र प्रहरीबीचको सहकार्यले गाउँपालिकाभित्र सुरक्षित वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

इलाका प्रहरी कार्यालय खजुराखुर्दका प्रमुख तथा बरिष्ठ प्रहरी नायव निरीक्षक लोकेन्द्र सिंह कार्कीले नेपाल प्रहरीले सञ्चालन गरेको यो कार्यक्रम समाजमा हुने अपराध न्यूनीकरणका लागि प्रभावकारी बन्ने बताउनुभयो।

उहाँले विकास र सुरक्षाबीचको अन्तरनिर्भरतालाई जोड दिँदै वर्तमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम फलदायी हुने उल्लेख गर्नुभयो । कार्कीले समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न स्थानीय तह, नागरिक समाज र प्रहरीबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो । 

जानकी गाउँपालिकाका प्रवक्ता टिका नाथ यादवले हाल गाउँपालिकामा लागुऔषध दुर्व्यसन सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको बताउनुभयो। उहाँले युवापुस्तालाई कुलतबाट जोगाउन समुदाय, अभिभावक र प्रहरी सबैको साझा पहल आवश्यक रहेको धारणा राख्नुभयो ।

त्यसैगरी वडा नं. ४ का अध्यक्ष रमेश कुमार बर्मा तथा वडा नं. ६ का अध्यक्ष जगदिश प्रसाद हरिजनले पनि स्थानीयस्तरमा अपराध नियन्त्रण, सामाजिक सद्भाव र जनचेतना अभिवृद्धिका लागि समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

गठित समितिको सहसंयोजकमा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, सदस्य सचिवमा इलाका प्रहरी कार्यालय खजुराखुर्दका प्रमुख लोकेन्द्र सिंह कार्की रहनुभएको छ। सदस्यहरूमा वडा नं. ४ का अध्यक्ष रमेश बर्मा, वडा नं. ५ का अध्यक्ष टिकानाथ यादव, शिक्षिका मालती कुमारी शाही, मेलमिलापकर्ता प्रेमा रोका, वडा सदस्य मोहम्मद सरिफ खाँ, रतन कुमार बर्मा लगायत २१ जना समावेश गरिएको छ।

नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न देशभर ३६० विभिन्न समिति गठन गरिसकेको जनाएको छ। यस कार्यक्रमले स्थानीय तहमा अपराध रोकथाम, सामाजिक सद्भाव र नागरिकमैत्री सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार