मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

हप्तामा दुई दिन विदा दिने सरकारको निर्णय एक महिना नबित्दै खारेज

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले गत वैशाख २६ गते शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
२३ जेठ २०७९, सोमबार

काठमाडौं । हप्तामा दुई दिन विदा दिने सरकारको निर्णय एक महिना नबित्दै खारेज भएको छ ।

पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले गत वैशाख २६ गते शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । जेठ एक गतेदेखि हप्तामा दुई दिन सार्वजनिक विदा हुँदै आएको थियो ।

तर, एक महिना नबित्दै सरकारले हप्तामा दुई दिन विदा दिने निर्णय खारेज गरेको छ । आज (सोमबार) बसेको सोमबार बसेको मन्त्रिपरिषद बैठकले आइतबारको साप्ताहिक विदा खारेज गरेको हो । अर्थमन्त्री जनार्दन शर्माका अनुसार अब असार एक गतेदेखि शनिबार मात्र सार्वजनिक विदा हुने छ ।

हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना हुँदै आएको थियो । हप्तामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको छ । अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आवश्यक तयारीबिनै हप्तामा २ दिन बिदा दिने निर्णय गरेकाले उक्त निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

संघीय सरकारले हप्तामा दुई दिन बिदा दिँदै आएपनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार