बाँके । हात्तीपाईले रोग निवारण अभियान अन्तरगत शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ आधारभुत स्वास्थ्य सेवा केन्द्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि अभिमुखिकरण भएको छ ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र नेपालगन्ज ११ को आयोजनामा भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयहरुलाई हात्तीपाइले रोग विरुद्धको औषधी कसरी खुवाउने भन्ने बारे जानकारी दिइएको थियो ।
नेपालगञ्ज ११ मा रहेको ६ हजार ८ सय ५२ जनसंख्या मध्ये वडामा करिब ५ हजार जनालाई हात्तीपाईले विरुद्धको औषधी खुवाईने आधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज कबिता लामिछानेले जानकारी दिनु भयो ।
वडामा स्वास्थ्यकर्मी सहित महिला स्वयंसेवीकाको टोली हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने कार्यमा खटिने इन्चार्ज कबिताले बताउनु भयो ।
कार्यक्रममा आधारभुत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज कबिता लामिछानेले वडामा विगतको भन्दा यो वर्ष बढि जनसंख्यालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाईने लक्ष्य लिइएको जानकारी दिनु भयो ।
औषधी २ बर्ष मुनिका बालबालिका, गर्भवती, सात दिनको सुत्केरी, सिकीस्त बिरामीले खान नहुने इन्चार्ज कबिताले बताउनु भएको थियो । साथै औषधी खाली पेटमा नखुलाउन समेत उहाँले आग्रह गर्नुभयो ।
यसैगरी वडा अध्यक्ष उज्ज्वल सिंह राठौरले हात्तिपाईले रोगका कारणपनि हाईड्रोसियल हुने भएकाले सबैले निर्धक्क भएर औषधि सेवन गर्न अपिल गर्नु भएको थियो । उहाँले अभियान सफल बनाउन स्वास्थ्यकर्मी संगै जनप्रतिनिधिको पनि सहभागिता रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
नेपालगञ्ज स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले शरिरमा हात्तिपाईले रोगको जिवाणु रहेका ब्यक्तिले औषधि सेवन गरेपश्चात सामान्य केहि लक्षणहरु देखीने हुदा नआत्तिन अनुरोध गर्नु भएको थियो ।
इन्चार्ज कबिताले जनप्रतिनिधि, स्थानीय, सामजिक, धार्मिक व्यक्ति संगै महिला स्वयंसेवीकाहरुलाई औषधि कसरी खुवाउने लगायतका विषयमा सहजिकरण गर्नु भएको थियो । उहाँले जनप्रतिनिधिहरुलाई अभियान सफल बनाउने तर्फ भुमिका निर्वाह गरिदिन आग्रह गर्नु भएको थियो । अभिमुखीकरण कार्यक्रममा इन्चार्ज कबिता लामिछाने,अनमी मनिषा कनोजिया लगायतले सहजिकरण गर्नु भएको थियो ।