मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको राठौरले गरे उदघाटन

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको आज एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ ।
१ श्रावण २०८०, सोमबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको आज उद्घाटन गरिएको छ । वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको आज एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ ।

सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राठौरले नेपालगञ्ज उपमहानगरपालिकाले नगरबासीको स्वास्थ्य प्रवर्द्धनका लागि सराहनीय कार्य गरेको बताउनुभयो । नेपालगञ्ज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको मेडिकल हब भएपनि नागरिकले सोचे अनुरुप सेवा पाउन नसकेको बताउँदै राठौरले स्वास्थ्य सेवाको स्तरवृद्धिका लागि तीनै तहका सरकार गम्भीर ढंगले लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले संविधानले नागरिकलाई प्रदत्त गरेको गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पाउने अधिकारलाई संरक्षण र सम्बद्र्धन गर्ने गरी स्थानीय सरकारहरुले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नगर प्रमुख प्रशान्त विष्टले अब गरिने उपचार विरामी भएपछि नभई नागरिकलाई रोग लाग्नै नदिने गरी हुनुपर्ने भन्दै सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रले त्यस कार्यमा अहम् भूमिका खेल्ने बताउनुभयो । विष्टले स्वस्थ मानिसले मात्र आफ्नो दैनिकी स्वस्थ ढंगले अघि बढाउन सक्ने भन्दै उहाँले स्वस्थ नागरिक तयार गर्न प्रबद्र्धनात्मक कार्यक्रममा जोड दिँदै आएको उल्लेख गर्नुभयो । नसर्ने रोगहरुको जोखिम बढदै गएको भन्दै नगर प्रमुख विष्टले स्वास्थ्य सचेतना जरुरी रहेको बताउनुभयो ।

नगर उपप्रमुख कमरुद्दिन राईले सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रबाट भेरी अस्पताल भन्दा २० प्रतिशत सस्तो र सुलभ शुल्कमा सेवा प्रदान गरिने बताउँदै आगामी दिनहरुमा गरिव दुःखीहरुका लागि निःशुल्क सेवा प्रदान गर्ने गरी अगाडि बढ्ने उल्लेख गर्नुभयो । वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले २३ वटै वडालाई कार्य क्षेत्र बनाएर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले काम गर्ने बताउनुभयो । उहाँले यसलाई आयुर्वेदिक उपचार केन्द्रका रुपमा विकास गर्ने लक्ष्य समेत रहेको बताउनुभयो । पुनले विहान ७ बजेदेखि ९ तथा विहान १० देखि दिउँसो १ बजेसम्म सुलभ शुल्कमा विभिन्न प्रयोगशाला जाँचहरु गरिने जानकारी दिनुभयो ।

स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले प्रवद्र्धनात्मक स्वास्थ्य सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिनकुमार आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, एमडिएम फ्रान्सका कन्ट्री डाइरेक्टर अब्दुल सबुर खानले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार