मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियमन गर्न सचेतनामूलक कार्यक्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
४ वैशाख २०८१, मङ्गलबार

बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थ सेवन न्युनीकरण सम्वन्धी सचेतना मूलक कार्यक्रम गरेको छ ।

सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्षतीबाट नागरिकलाई बचाउने लक्ष्यका साथ नगरपालिकाले मंगलबार नेपालगंजमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमन तथा सचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेको हो । जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु,शिक्षक, विद्यार्थी, वाल क्लव, समाजसेवी, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधिलगायतलाई सहभागी गराएर प्रभातफेरी कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।

युवा, महिला तथा वालबालिका अवस्थाका नागरिकलाई धुम्रपान तथा सुर्तिजन्य पदार्थको प्रयोगबाट बचाउन, धुम्रपान तथा सुर्ति सेवनले आर्थिक, सामाजिक र साँस्कृतिक क्रियाकलापमा पर्ने नकारात्मक असर नियन्त्रण गरी नागरिकको स्वास्थ्य र आर्थिक हित अभिबृद्धि गर्न, सुर्तिजन्य पदार्थको आयत, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनीकरण, नियन्त्रण र नियमन गर्ने लक्ष्यका साथ कार्यक्रम गरिएको नेपालगंजका मेयर प्रशान्त विष्टले बताउनु भयो ।

कार्यक्रममा सहभागीलाई धुम्रपान तथा सुर्ति सेवन गर्न छाडे हृदयघात, क्यान्सर, मधुमेहको जोखिम कम हुने, फोक्सो र श्वासप्रश्वास सम्वन्धी समस्या कम हुने, मुख, दाँत, गिँजा स्वस्थ रहने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना कम हुने, आँखाको दृष्टि कमजोर हुनबाट जोगिने, श्रवण शक्ति कमजोर हुनबाट जोगिने, गर्भावस्थामा हुने जोखिम कम हुने लगायतका विषयका बारे जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन नगर्न आग्रह गर्नु भयो । उहाँले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न नहुने कानूनी व्यवस्था रहेको उल्लेख गर्दे  पार्क, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्रघर, रङ्गशाला, धार्मिकस्थल, प्रतिक्षालय लगायतका सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन नगर्न आग्रह गर्नु भयो ।

सन् २०२० को बिश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सुर्तिजन्य पदार्थको सेवनका कारण बिश्वमा वार्षिक २४ लाख मानिसको मृत्यु हुने गरेको छ । सन् २०१८ को तथ्यांक हेर्दा ९६ लाख मानिसको क्यान्सरबाट मृत्यु भएको छ । बिश्वभर मृत्यु हुने कारणमध्ये क्यान्सर दोश्रो नम्बरमा पर्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार